पछिल्लो २४ घण्टामा थप १५७३ जनामा संक्रमण पुष्टी थप १० जनाको मृत्यु

काठमाडौं, असोज ११
पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७३ हजार ३९४ पुगेको छ ।२४ घण्टामा ८ सय ८५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन ।

योसहित नेपालमा ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन ।पछिल्लो २४ घण्टामा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।हाल संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

Facebook Comments