न्यू ग्यालेक्सी माविको रजत जयन्ती प्राविधिक शिक्षाको पहल गर्दै प्रदेश सरकारः मन्त्री वस्नेत

पोखरा, ८ फागुन । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेतले प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले पहल गरेको बताएका छन् ।न्यू ग्यालेक्सी माविको रजत जयन्ती तथा अभिभावक दिवसको अवसरमा वौल्दै मन्त्री वस्तेतले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको पहल गरिएको बताएका हुन् ।‘हामीका दक्ष जनशक्तिको आवश्यकता छ तर परिपूर्ति गर्न सकेका छैनौ’ वस्नेतले भने, ‘कुन क्षेत्रमा दक्ष जनशक्तिको खाँचो छ त्यहि पहिचान गरि प्राविधिक शिक्षाको विकास गर्न जरुरी रहेको छ ।’गण्डकी प्रदेशलाई समृद्ध बनाउनका लागि प्रदेश सरकारले पर्यटन, उर्जा, कृषि, उद्योग र शिक्षामा लगानि बढाएको उनले जानकारी दिए ।

निजि विद्यालयले शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण भएको बताउँदै उनले निजि विद्यालयसँग सहकार्य र संवाद गरि प्रदेशलाई तिव्रताका साथ विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गरे ।उनले विद्यार्थीको रुची र चाहान अनुरुप काम गर्न सकेमा अवश्य सफल भईने उल्लेख गरे । न्यू ग्यालेक्सी विद्यालयले शैक्षिक क्षेत्रको गुणस्तरमा अहम भूमिका खेलेको भन्दै प्रशंशा व्यक्त गरे ।

कार्यक्रममा गण्डकी विश्व विद्यलयका कुलपति प्रा.डा.गणेशमान गुरुङले उच्च शिक्षालाई राजिनितिबाट मुक्त बनाउनका लागि प्रदेश सरकारले खेलेको भूमिको प्रशंशा गरे ।शिक्षा विकास समन्वय इकाई समितिका प्रमुख नारायणप्रसाद सुवेदीले अव्बल विद्यार्थीलाई नेपालमानै पढ्ने बतावरण सृजना गर्न सवै लागि पर्नु पर्ने बताए ।

कार्यक्रममा भर्खर नियुक्त भएका गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङलाई रजत जयन्तीको अवसरमा सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.एलियाम जोन, विद्यालयका संरक्षक डा.राधेश्याम कायस्थ, विद्यालयका प्रिन्सीपल डा.रामजी शर्माले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । सो अवसरमा विद्यालयले रजत जयन्तीको अवसरमा प्रकाश गरेको स्मारीकाको समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा २५ वर्ष र १० वर्ष सम्म काम गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयका प्रथम प्रिन्सिपल, प्रथम शिक्षक विद्यालय व्यवस्थाप समितिका सदस्य, विद्यालयबाट उत्र्तीण गरि उच्च तहमा पुगेका पूर्व विद्यार्थी, विद्यालयका खेलाडी, विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थी, एसइइ र दश जोड दईमा उत्कृष्ट भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशकी सांसद तथा अभिभावक सावित्री राना, विद्यालयका प्रिन्सिपल डा. रामाजी शर्मा, खेल शिक्षक क्या. वीरबहादुर गुरुङ लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष डा. एलियामा जोनको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ कि विद्यार्थी शिषम श्रेष्ठले स्वागत र शिक्षकद्धय धनप्रसाद श्रेष्ठ र अनुराग अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । रजत वर्षको अवसरमा विद्यालयले यो वर्ष विविध कार्यक्रमको आयोजना गरेको थियो ।

Facebook Comments