नेपाल संमृद्धिको यात्रामा जान कम्यूनिष्ट शासनको विस्थापन आवस्यकः कांग्रेस नेता रीजाल(video)

पौडेलको पक्षमा मत जावस् नै भनेर प्रचण्डले भनेको जस्तो…..
आरजू विष्ट सल्यानी
पोखरा, मंसिर ११

नेपाली कांग्रेसका नेता मीनेन्द्र रीजालले मंसिर १४ गते कास्की २ मा हुन लागेको प्रतिनिधिभसभा उपनिर्वाचनबाट कांग्रेस उम्मेदवार खेमराज पौडेलको जित हुने र त्यो जितले नेपाल मात्र नभई अन्तराष्ट्रमा महत्वपूर्ण सन्देश दिने बताउनु भएको छ ।

नेपाल संमृद्धिको यात्रामा जानको लागि कम्यूष्टि शासनको विस्थापन नभई हुँदैन, नेता रीजालले भन्नुभयो :“यस्का लागि कास्की क्षेत्र नं २ मा हुन लागेको निर्वाचनमा खेमराज पौडेलको जीत नै हाम्रा लागि काफि हुन्छ ।”

by:aarju

नेपाली कांग्रेस कास्कीले वुधवार बेलुका पार्टी कार्यालय चिप्लेढुंगामा आयोजना गरेको चुनाव केन्द्रीत अन्तिम पत्रकार सम्मेलनमा रीजालले बहुमतको सरकार संसदप्रति दुई वर्षसम्म उत्तरदायि भएन, संसद बाहिर गएर संविधानको मर्म र भावनालाई मिच्ने काम गरेको आरोप लगाउनु भयो ।

अहिले अध्यादेश ल्याउन लागेको छ, तर अध्यादेश बदरभागि छ, संसिवधानसंग बाँझिएको अध्यादेश बदर नभएर के हुन्छ ? रीजालले भन्नुभयो :“न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकामा आम सहमतिको बाटो लिईएको छैन, संविधान विरोधी अध्यादेश खारेज हुन्छ ।”

सरकारले संवैधानिक अगंमाथि, प्रेसमाथि आक्रमण गरेको छ, उद्योग व्यवसायीक क्षेत्र धरासायि भएको छ, उहाँले भन्नुभयो :“यस्को लागि कास्कीले बलियो सन्देश, कांग्रेसको शसक्त आवाज पठाउन जरुरी छ र नेपाल स्वतन्त्रताको पक्षमा अडिग रहेको सन्देश देश विदेशमा दिनु नै पर्छ ।”

प्रचण्ड जीले वुधावार पोखराको सभामा खेमराज पौडेलको उम्मेरमाथि टिप्पणी गरेको सुने, भिडियो क्लीप हेरे, उहाँले यति भन्दै गर्दा ८४ वर्षको गिरीजाप्रपाद कोईरालालाई त्यो बेलाको संगतको स्मरण गर्नुभयो भन्नुभयो । जतिबेला मुलुक रगतको आहालमा थियो, प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याउने ८४ वर्षको कोईरालाले होईन ? उहाँले भन्नुभयो :“बारम्बार उहाँ किन गिरीजाप्रसादको नाम लिनुहुन्छ ? पाको उमेरको उम्मेदवार खेमराजको नाम लिदाँ उहाँलाई पक्कै गिरीजा बाबुको याद आयो किनभने यहाँसम्म उहाँ गिरीजाबाबुको कारणले नै आउनु भएको हो ।”

निष्ठाको रुपमा खेमराज पौडेलको नाम लिनुको अर्थ हो वृद्ध नेता भनेता पनि पौडेलको पक्षमा मत जावस् नै भनेर प्रचण्डले भनेको जस्तो लागेको छ । रीजालले भन्नुभयो :“भोलिका दिनमा कांग्रेस संविधान रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि एउटा भरोसाको रुपमा रहन सक्छ, संविधान जोगिन्छ र कांग्रेसको पक्षमा मत दिनोस् भन्नु भएको मेरो ठम्याई रहेको छ ।”

निर्वाचनलाई कुनैपनि हालतमा स्वतन्त्र, निष्पक्ष र धाँधलिरहित बनाउने जिम्मा निर्वाचन आयोग, सरकार र प्रशाुनको भएकोले जबरजस्ति धाँधली गर्न खोजियो भने हामलिाई सह्य नहुने कांग्रेस नेता रीजालले चेतावनि दिनुभयो । उहाँले भन्नुभयो :“यदि धाँधली भयो भने हामी शसक्त रुपमा त्यसको प्रतिवाद गर्छौं ।”

हत्या, हिंसा रोक्न सकेको छैन, महिला अस्मितामािथ खेलवाड भईरहेको छ, महिलाको पक्षमा जानका लागि, महिला रक्षाको लागि, आर्थिक आधार सुधार गर्नको लागि पर्यटक आउने बेलामा लेकसाईड सुनसान भएको हामी हुर्न सक्दैनौ, यसको लागि खेमराज पौडेलको जितको दिनलाई हामीले पर्खेका छौं, रीजालको भनाई थियो ।

Facebook Comments