नेपाल रेडक्रस सोसाईटी कास्की : नोभल कोरोना भाइरस बारे,“बुझौं, बचौं र अरुलाई बचाऔं”

आरजू/अनलाइनअन्नपूर्ण-पोखरा, चैत्र ४

नेपाल रेडक्रस सोसाईटी कास्कीले जनहितका लागि कोरोना भाइरसबाट बच्न र अरुलाई बचाउन सन्देशमूलक पर्चा प्रकाशनमा ल्याएको छ ।

उत्थानशिल नगर प्रवर्धन र सहभागिता स्योर कार्यक्रमका संयोजक दीवाकर सुवेदीले विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेको अवस्थामा पूर्वका दिनहरुमा विशेष जगता अपनाउन अपरिहार्य भएको बताउनु भएको छ ।

आपत विपद आउनु पूर्व नै हुन सक्ने जोखिमका बारेमा हामी सबै जानकार हुन, सचेतता अपनाउन, परामर्श र स्वास्थ्यकर्मिसंगको सल्लाह लिएर वानिमा परिवतन ल्याउन सघाउन जनहितको लागि सन्देश प्रवाह गरिएको सुवेदीले बताउनु भएको छ ।

नोभल कोरोना भाइरसका लक्ष्यणहरु :-

………………………………………………………

१. ज्वरो १००.४ एफ माथि
२.सास फेर्न गाह्रो हुने
३. रुघा र खोकि लाग्ने
नोभल कोरोना भाइरस प्रभावित देशहरुबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघा र खोकी लागेमा, ज्वरो आएमा, घाँटी÷टाउको दुखेमा, सास फेर्न गाह्रो भएको खण्डमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
नोभल कोरोना भाइरस बाट कसरी आफु र अरुलाई बचाउने ?
१.नियमित रुपले साबुन पानीले हात धुने ।
२.ज्वरो सहितको रुघा र खोकीको लक्ष्यण देखिएमा तुरुन्त अस्पताल गएर स्वास्थ्यकर्मिको सल्लाह लिने ।
३.जंगली तथा घर पालुवा पशुपंछी संगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।
४.खोक्दा र हाछ्यूँ गर्दा नाक र मुखलाई छोप्ने ।
५.फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने ।

यसैबीच,नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माछा मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खान नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

Facebook Comments