नेपाल रेडक्रस सोसाइटी पोखरा ३२को खुल्ला रक्तदानमा ५१ युनिट रगत संकलन

पोखरा माघ १२
नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखा द्धारा आयोजित खुल्ला रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ ।तल्लो गगन गौडा बजारमा भएको रक्तदान कार्यक्र्रमा पोखरा बडा नः ३२ का वडा अध्यक्ष अक्ंकल बहादुर कार्कीले उपशाखा सभापति किसान परियार लाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्धघाटन गरेका थिए ।

कार्यक्रमा बोल्दै प्रमख अतिथि कार्कीले बिपत ब्यबस्थापन कोषलाई निरन्तरता दिन वडा बाट सिफारिस गर्ने प्रतिबद्धता ब्यक्त गरे ।उनले वडामा बन्दै गरेको १ कोठा भवन लाई फर्निचर सामाग्री उपल्ब्ध गराउने बताए ।

बिपत ब्यबस्थापन लाई थप ब्यबस्थीत गर्नका लागि भईपरी आउने बेलामा पूर्ब तयारीको लागि १० घर परिवारलाई पुग्ने सामाग्री सुरक्षित राखिएको र निकट भविष्यमा नै एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी रहेको उपशाखा सभापति परियारले बताए।

कार्यक्रमका संयोजक शरणकुमार प्रधानले स्वागत मन्तब्य दिएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव बिन्दुराज तिवारीले गरेका थिए ।

Facebook Comments