नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम शुरु

काठमाडौं १६ पुस । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको छ ।समारोहमा उद्घाटनअघि विभिन्न सांस्कृतिक प्रस्तुतिहरु भइरहेका छन् । सांगितिक समूह कुटुम्बले प्रस्तुती दिएको छ । समारोहमा हेलिकोप्टरबाट पुष्प वृष्टि गरिएको थियो ।

समारोहमा उच्चपदस्थ सरकारी अधिकारीहरु, पर्यटन व्यवसायी, संघरसंस्था, कलाकारहरुको उपस्थिति रहेको छ। केहीबेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ ।समारोहका लागि विभिन्न देशबाट पर्यटनमन्त्रीहरुको सहभागीतासमेत रहेको छ । खबरहब

Facebook Comments