नेपाल भ्रमण बर्षको पोखराबाट पनि भव्य रुपमा उद्घाटन

दीननाथ बराल पोखरा १६, पुष । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले संघिय सरकारको २० लाख पर्यटक भित्राउने लक्ष्यमा प्रदेश सरकारले ५० प्रतिशत योगदान दिने बताएकाछन्। गण्डकी प्रदेशको राजधानि पोखरामा बुधबार नेपाल भ्रमण बर्षको वेलुन उडार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघिय सरकारको सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यमा प्रदेश सरकारले ५० प्रतिशत योगदान दिने गरी पर्यटक भित्राउने दाबी गरेका हुन्।

यस अगेंजी बर्षमा गण्डकी प्रदेश सरकारले १० लाख पर्यटक भित्राउने गरी आफुहरु लाग्ने उनले बताए । प्रदेश सरकारले पर्यटन प्रबद्र्धन गर्न मसिनो गरी काम गर्दा सहज ढंगबाट उक्त लक्ष्य हासिल गर्न सकिने मुख्यमन्त्री गुरुङको भनाई छ । सन् २०१८ मा प्रदेशमा करिब १० लाख, सन २०१९ मा करिब १५ लाख पर्यटक भित्रिएको दाबी गर्दैै उनले सन २०२० मा विदेशी १० लाख सहित आन्तरिक पर्यटक गरी २० लाख पर्यटक भित्राउने जनाए ।

उनले भने “ प्रकृतिले रुचाएको यस प्रदेशमा जो कोही पर्यटकले नरुचाउने कुरै भएन, वातावरणिय दृष्टिमा समेत धनि यस प्रदेशमा धेरै पर्यटक भित्राउन चहान्छौं ।” छिमेकी मुलुक चिन र भारतबाट पर्यटन प्रबद्र्धन गर्न प्रदेश सरकार समेत लाग्ने मुख्यमन्त्री गुरुङले जनाए ।

विश्व भ्रमणमा निस्कने दुबै देशका एक प्रतिशत मात्र पर्यटक नेपालमा भित्राउन सके नेपालमा पर्यटन प्रबद्र्धन हुने उनले जनाए । प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएकोले यहाँको पर्यटन प्रबद्र्धन भएको खण्डमा प्रदेशको जनसङख्या बराबरको पर्यटक भित्रिने मुख्यमन्त्री गुरुङले दाबी गरे ।

पोखराको ऐतिहासिक रत्न मन्दिर र हिमागृह पर्यटन प्रबद्र्धन हुने गरी पर्यटकीय गन्तव्यको रुपमा नेपाल भ्रमण बर्षकै अवसरमा खुल्ला गरिने भएको मुख्यमन्त्री गुरुङले बताए । उनले भने “ नेपाल ट्रस्टको नाममा रहेको उक्त रत्न मन्दिर र हिमागृह संचालनको लागि प्राविधिक कुराले गर्दा केही समय लाग्छ, संघिय सरकारबाट प्रदेश संरकारलाई कार्यविधि बनायर दिएसंगै हामीले रत्न मन्दिर र हिमागृह संचालनमा ल्याउछौं । ”

कागेंसका संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा पौडेलले नेपालको पर्यटन प्रबद्र्धन गर्न सरकारले दिगो विकास हुने गरी पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिए । नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेशका संयोजक तथा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा ५० भन्दा बढी पर्यटकीइ सम्भावना रहेको उल्लेख गरे ।

सहासिक खेल पर्यटनको प्रवल सम्भावना रहेको प्रदेशमा धेरै सम्भावना भएको उल्लेख गर्दै उनले निजी क्षेत्रले सरकारसंग समन्वय गरी पर्यटन प्रबद्र्धन गर्न लाग्नु पर्ने बताए ।

पोखरा महानगरका मेयर मानहादुर जिसीले संघिय सरकारको लक्ष्य प्राप्ती गर्न दैनिक जसो ५ हजार ५ सय जना विदेशी पर्यटकहरु भित्राउनु पर्ने उल्लेख गरे । उक्त सङख्या पु¥याउन नेपालको चुनौतीलाई सवै स्थानिय, प्रदेश र संघिय सरकार तथा निजी क्षेत्रले यसलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

५ बर्ष पछि महानगरले २० लाख पर्यटक भित्राउने मेयर जिसीले जनाए । नेपाल भ्रमण बर्ष २०२० गण्डकीका सहसंयोजक अग्नी कंडेलले पुरानो सोच र केन्द्रबाद हाबी हुदा नेपालको आर्थिक उन्नती हुन नसकेको उल्लेख गर्र्दै देशको पर्यटन प्रबद्र्धन गर्न सरकार र निजी क्षेत्र गम्भिर हुनु पर्ने बताए । एभिया क्लवले अल्ट्रालाइट मार्फत नेपाल भ्रमण बर्षको लोगो अंकित झण्डा पोखराको आकासमा फहराएको थियो ।

नेपालमै सवै भन्दा धेरै पर्यटकीय गतिविधि भएको गण्डकी प्रदेशको राजधानि पोखरामा विभिन्न जनजातिको भेषभुषा, झाँकी सहित बुधबार उद्घाटन गरिएको छ । त्यसै गरी पोखराका ३३ वटै वडाबाट वेलुन उडाईएको सहसंयोजक कंडेलले जनाए । आज राष्ट्रिय टोपी दिवस समेत भएको अतिथीहरुलाई कार्यक्रम स्थलमा ढाका टोपी लगाइएको थियो । कार्यक्रमम हट वेलुन समेत उठाईएको थियो ।

मुख्यमन्त्री गुरुङ, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, मन्त्री लम्साल, मेयर जिसी सहितका व्यत्तिहरु ह्ट बेलुनमा उडेका थिए । पोखराको लेकसाइड स्थित फिस्टेलगेट अगाडी देखि विभिन्न जनजातिको भेषभुषामा झाँकी सहितको बृहत ¥यालीले प्रर्दशन गरी बाराहीघाटमा पुगेर औपचारिक शुभारम्भको भएको थियो ।

पोखराको ऐतिहासिक हिमागृह र रत्न मन्दिर पर्यटकीय गन्तव्यको रुपमा खुल्ला गरिनु पर्ने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उक्त अवसरमा नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेशले ८ हजार भन्दा अग्ला हिमाल आरोही निर्मल पुर्जा र गलवन्दी च्यातियो गीतका गायक प्रकाश सपुतलाई प्रदेशको सदभावना दुतको रुपमा घोषणा गरिएको छ ।

Facebook Comments