नेपाल तेक्वान्दो संघका पदाधिकारीको विदाई

अनलाइनअन्नपूर्ण/श्रावण १२ गते

नेपाल तेक्वान्दो संघ द्घाराआज सातदोबाटो ललितपुर स्थित संघको केन्दि«य कार्यालयमा आयोजित एक कार्यक्रमका बिच केन्द«ीय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरियो ।
आज विदाई गरेका सबै पदाधिकारीहरु राष्ट्रियखेलकुद परिषदमा कार्यरत् कर्मचारी रहेको र नेपाल सरकार द्वारा जारि गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरु खेल संघका कुनै पनि पदमा नरहने प्रावधान अनुसार निजहरुले उक्त ऐनको सम्मान र पालना गर्दै आ–आफ्नो पदबाट राजिनामा दिएकाले सो राजीनामा स्वीकृती गरी संघ द्वारा विदाई गरिएको हो ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाको सभापतित्वमा आयोजित उक्त अवसरमा मन्तवय राख्नु हुदै नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागी पुर्याएको भूमिका र योगदानका लागी धन्यवाद व्यक्त गर्नुभयो ।
मन्तव्यकै क्रममा महासचिव गुरुङ्गले तेक्वान्दो परिवारका पदाधिकारीहरुलाई विदाई गर्नु पर्दा आफुलाई दुखः लागेको कुरा बताउदै सबै प्रशिक्षकहरुको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्ने र आगामी दिनमा सबै मिलेर तेक्वान्दो खेल र संस्थाको विकासका लागी सहयोग पुर्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भविश्यमा पनि यस्तै प्रकारको योगदानका लागी अनुरोध गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा तपसिलका उल्लेखित पदाधिकारीहरुलाई विदाई गरिएको थियो ।
तपशिल
१ श्री नविन कुमार श्रेष्ठ सचिव
२ श्री दिपक विष्ट सचिव÷प्रवक्ता
३ श्रीसुमन कुमार घले सह–कोषाध्यक्ष
४ श्री टिका प्रसाद लिम्बु सदस्य
५ श्री संगिना वैद्य सदस्य
६ श्री नोर्बु लामा सदस्य
७.श्री हेमन्त डाँगी सदस्य
८.श्री श्रीमान थापा मगर सदस्य
९.श्री पूर्ण योञ्जन सदस्य
१०.श्री कविराज खड्गी सदस्य
११.श्री हिरा बहादुर थापा सदस्य
१२.श्री मिन न्यौपाने सदस्य

Facebook Comments