नेपाल–चीन मैत्री संघ पोखरा र चिनियाँ राजदुत होउ याङ्छीबिच पोखरामा भेटवार्ता

अअ/मंसिर ०४, पोखरा-नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छी र नेपाल चीन मैत्री संघ पोखराको टोलिबिच मंगलवार बेलुका पोखरामा भेटवार्ता भएको छ ।

भेटको क्रममा राजदुत होउले सुन्दर पर्यटकिय शहर पोखरामा आउन पाउँदा सुखि लागेको बताउनु भयो । उहाँले भन्नुभयो :“लामो समयदेखि नेपाल र चिनबिच सुमधुर सम्वन्ध कायम रहँदै आएको छ, यस्लाई हामीले मजबुत बनाईरहनु पर्छ ।”

देश देशबिचको सम्वन्ध र जनता जनताबिचको आपसि सम्वन्ध र विश्वासलाई बलियो बनाएर जानुपर्छ, उहाँले भन्नुभयो :“यहाँहरुको विकासप्रतिको लगाव र विश्वासमा हामीले हाम्रो ठाउँबाट सहयोग गर्छौं ।”

भेटको अवसरमा मित्रराष्ट्र चीनको कुन्मिङ नगरको सहयोगमा पोखरामा असोज २९ गते आयोजना गरीएको ‘फस्र्ट ईन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री च्यालेञ्ज’ प्रतियोगिताको स्रव्य दृश्यलाई रुचिपूर्वक हेर्नुभएकि राजदुत याङ्छीले भविष्यका पनि यस प्रकारका प्रतियोगिता र विकासका काममा चीनको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरासंग चाईनाको कुनमिन, लिन्जि, गोन्जाओ, यिविन, छुसाओ, हाईकाओ, नानिंग शहर र तिब्बतको घाङ्जी नगरसंग भगिनि सम्वन्ध सुमधूर रहेको बताउँदै अब गण्डकी प्रदेश र चीनको यूनान प्रदेशसंग भगिनी सम्वन्धको प्रयास भईरहेकोले खुसि थपिएको बताउनु भयो ।

राजदुत याङछीसहितको पाँच सदस्यीय चिनियाँ टोलीसंगको भेटमा नेपाल चीन मैत्री संघ पोखराबाट अध्यक्ष विश्वशंकार पालिखे, सुनयना पालिखे, विप्लव पौडेल, गोकर्ण कार्कि र आरजू विष्ट सल्यानी रहनु भएको थियो ।

Facebook Comments