नेपाल चीन प्रतिष्ठान-मित्र राष्ट्र चीनमा कोरोनाभाइरस विरुद्धको लडाँईमा हाम्रो ऐक्यवद्धता र सद्भाव छ :ओझा

अनलाइनअन्नपूर्ण/पोखरा, माघ २८

नेपाल चीन प्रतिष्ठानले मित्र राष्ट्र चीनमा बिगत केहि समय अघिदेखि कोरोनाभाइरसले आक्रान्त बनाईरहेको अवस्थामा त्यस विरुद्ध लड्न ऐक्यवद्धता तथा सद्भावना व्यक्त गरेको गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष मेल्सम ओझाले एउटा विज्ञप्ति प्रकाशित गरि कोरोनाभाइरस विरुद्ध लडिरहेका चिनिया जनताप्रति आत्मैबाट सद्भावना व्यक्त गर्नुभएको हो ।

प्रतिष्ठानका साथीहरुसंगैको छलफलपछि अध्यक्ष ओझाले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा चिनियाँ जनताले वसन्त चाडलाई उल्लासपूर्ण तवरले स्वागत गर्दै मनाउने तयारी गरिरहेको बेलामा कोरोना भाईरसले उत्पन्न गराएको कठिन परिस्थितिबाट प्रतिष्ठान आवद्ध सदस्य तथा नेपाली जनता मर्माहत भएको उल्लेख छ ।

“हाल कोरोना भाईरसलाई परास्त गर्न उच्च मनोवलकासाथ काम भईरहेको छ, उपचारमा जोडिएकाहरु आफ्नो ज्यानको वास्ता नगरिकन चिनिया जनताको जीवन बचाउन हर संभवका प्रयास भईरहेका छन् । कोरोना भाईरस पीडित जनताको जीवन रक्षा र स्वस्थताको लागि दिनरात खटिएका स्वास्थ्यकर्मि, वैज्ञानिक, चिनिया जनमुक्ति सेना, चिनियाँ कम्युनिष्ट पार्टीका कमरेडहरु, किसान, मजदूर लगायत सबैमा विज्ञप्ति मार्फत उच्च सम्मान प्रकट गरिएको छ ।”

कोरोनाभाइरसलाई परास्त गर्न र चिनियाँ जनजीवनलाई पुरानै अवस्थामा फर्काउन मेहनत र परिश्रम गरिरहनु भएका सबैमा आभार व्यक्त गर्दै ओझाले यस्तो कठिन परिस्थितिमा नेपाल चीन प्रतिष्ठान चीनको साथमा रहेको अध्यक्ष ओझाले जारि गर्नुभएको विज्ञप्तिमा जनाईएको छ । साथै विज्ञप्तिमा चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले लिएको भाइरस बिरुद्दको नितिलाइ नेपाल चीन प्रतिष्ठाले पूर्ण रुपमा समर्थन गरेको उल्लेख छ ।

चीनका विभिन्न शहरमा रहेका नेपाली नागरिक तथा अध्ययनमा रहेका विद्यार्थीको स्वास्थ्य सुरक्षाको लागि चीन सरकारले देखाएको तदारुकता, लिएको जीम्मेवारीवोध र उचित कदमको सह्राहना गरिएको छ ।

यसैबचि, नेपाल चीन प्रतिस्ठानले कोरोनाभाइरस सम्बन्धि विभिन्न प्रकारका हल्लाहरुको पछि नलागेर सहि जानकारी प्राप्त गर्नको लागि चिनिया आधिकारिक समाचारपत्र, रेडियो, टेलिभिजन, अनलाईन तथा अन्य सूचना प्राप्त हुने स्रोतलाई प्रयोग गर्न आग्रह गरिएको छ । यि कुराहरु हेर्न, पढ्न र सत्य कुरा थाहा पाउन प्रतिष्ठानले सामाजिक सञ्जाल मार्फत आव्हान पनि गरेको छ ।

सोमवार जारि विज्ञप्तिमा उत्पन्न कठिन परिस्थितीमा नहड्वढाई उच्च मनोवलका साथ उपचारका विभिन्न माध्यमहरु पत्ता लगाई सफलता प्राप्त गर्नेमा प्रतिष्ठान ढुक्क रहेको जनाईएको । प्रतिष्ठानका सदस्यहरु रमेश कुमार भट्टराई, शिव पौडेल, निराजन तिवारी, प्रजितराज पराजुली, अनामिका कार्कि, आशिष कोखाली र सुमन कोईराला संगसंगैको छलफलपछि अध्यक्ष ओझाले प्रेस विज्ञप्ति जारि गर्नुभएको हो ।

president ojha and members
press release

Facebook Comments