नेपाल ग्रीन जोनमै, :स्पेनमा २३३, इरानमा १२३, बेल्जियममा ३० र अमेरिकामा २० को मृत्यु, मृतक वृद्धवृद्धा(index)

आरजू-अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र ८

नेपाल ग्रीन जोनमा छ

शनिवारसम्म विश्वका १८६ देशमा कोरोनाभाइरसको संक्रमण भएको देखिएको छ । वल्र्ड ओ मिटर्सको विश्वव्यापी सूचना संकलनको सूचीमा नेपाल ग्रीन जोन अर्थात सुरक्षित क्षेत्रमा रहेको देखाएको छ । पछिल्लो समय नेपाल सरकारले चालेको कदम र सरकारी तथा गैह्र सरकारी, सामाजिक संघ संस्थाले थालेको परामर्श, सरसल्लाहलाई निरन्तरता दिन र सुरक्षित उपाएहरु अपनाउन आवस्यक देखिन्छ ।

विश्वमा आज

शनिवार बेलुकासम्म विश्वभर कोरोनाभाइरसका केस २ लाख ८३ हजार ७८४ पुगेको देखिएको छ । आजसम्म ११ हजार ८३३ जनाको मृत्यु भएको छ भने ९३ हजार ५६४ मानिस निको भईसकेका छन् । अहिले सक्रिय केसको संख्या १ लाख ७८ हजार ३७१ रहेको छ भने १ लाख ७० हजार २४९ अर्थात ९५ प्रतिशत मानिसको स्वास्थ्य अवस्था समान्य रहेको छ । ८ हजार १०२ जना गम्भिर रहेका छन् ।

शनिवार बेलुकासम्म ४५८ जनाको मृत्यु

शनिवार बेलुकासम्म विश्वभर ४५८ जनाको मृत्यु भएको छ । स्पेनमा २३३ जनाको मृत्यु भएको छ । इरानमा १२३, अमेरिकामा २०, जर्मनीमा ४, चाईनामा ७, दक्षिण कोरीयामा ८, स्वीट्जरल्याण्डमा २, बेल्जियममा ३०, अस्ट्रियामा १, डेनमार्कमा ४, मलेसिया १, पोर्चुगलमा ६, ईन्डोनेसियामा ६, सिंगापुरमा २, फिलिपिन्समा १, मेक्सिकोमा १, बुर्निका फासोमा २, बंगलादेश १, कंगोमा १, पाराग्वेमा १, लक्जेमबर्ग ३, मोरिससमा १ गरि २१ देशमा ४५८ जनाको मृत्यु भएको छ ।

शनिवारसम्म कोरोनाभाइरस फैलिएको देशको संख्या १८६ पुगेको वल्र्ड ओ मिटर्सले लेखेको छ । कोरोनाभाइरसको फैलावटलाई हेर्ने हो भने पछिल्ला दिनहरुमा यूरोप अमेरिका लगायतका देशमा बेसि देखिएको छ । चाईनमा हालसम्म ३ हजार २५५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८१ हजार ८ रहेको छ । ७१ हजार ७४० जना निको भईसकेका छन् भने सक्रिय केसको संख्या ६ हजार १३ रहेको छ । जहाँ अहिले गम्भिर अवस्थामा विरामी १ हजार ९२७ जना मात्रै रहेका छन् ।
ईटालीमा अहिलेसम्म ४ जहार ३२ जनाको मृत्यु भएको छ । ४७ हजार २१ जना संक्रमित देखिएका छन् भने ५ हजार १२९ जना निको भईसकेका छन् । जहाँ सक्रिय केसका संख्या ३७ हजार ८६० रहेको छ भने २ जहार ६५५ जना गम्भिर रहेका छन् ।

स्पेनमा १ हजार ३२६ जनाको मृत्यु भएको छ । जहाँ २४ हजार ९२६ जना संक्रमित भएका छन् भने नयाँ केस ३ हजार ३३५ थपिएका छन् । इरानमा हालसम्म १ हजार ५५६ जनाको मृत्यु भएको छ । २० हजार ६१० जनामा संक्रमण देखिएको छ भने भने ९६६ नयाँ केस थपिएका छन् ।

जर्मनीमा २० हजार १४२ जना संक्रमित रहेका छन् । नयाँ केस २९४ वटा थपिएका छन् भने अहिलेसम्म ७० को मृत्यु भएको छ । अमेरिकामा हालसम्म १९ हजार ७७४ संक्रमति भएका छन् । २७५ जनाको मृत्यु भएको छ भने ३९१ नयाँ केस थपिएका छन् । आज विभिन्न २१ देशमा मृत्यु भएका मानिसहरु मध्य एक जना ५० वर्षका छन् भने अरु ६०, ६४, ७०, ७३, ७५ र ८५ वर्षसम्मका रहेका छन् ।

https://www.worldometers.info/coronavirus/
https://www.worldometers.info/coronavirus/
https://www.worldometers.info/coronavirus/
Facebook Comments