नेपाल :कोरोनाभाइरस संक्रमित संख्या १२१ पुग्यो, सोमवार सप्तरीका १, कलिवस्तुका १० पुरुष थपिए

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २९

सोमवार बिहान कपिलवस्तुका १० जनामा र दिउँसो सप्तरीका १ जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परिक्षणमा सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं ३ का एक १८ वर्षिय युवामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलवस्तुका १० जना पुरुषमा संक्रमण भेटिएपछि सप्तरीमा १ र कपिलवस्तुका १० संक्रमितसहित नेपालका कोरोनाभाइरस संक्रमितको संख्या १२१ पुगेको हो ।

कपिलवस्तुका संक्रमितहरु यशोधरा गाउँपालिका वडा नं ५ र वुद्धभूमि गाउँपालिका वडा नं ७ र १० का निवासी रहेका छन् । संक्रमित सबै पुरुष रहेका छन् भने ति मध्य एकको उमेर खुलेको छैन । उनिहरु १८, १९, २०, २४, ३०, ३१, ३४ वर्षका रहेका छन् ।

हालसम्म प्राप्त भएको जानकारी अनुसार दुवै स्थानका संक्रमित भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरुलाई स्वास्थ्य निगरानीमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिनुभएको छ ।

नेपालको पछिल्लो तथ्यांकका अनुसार हालसम्म १७ हजार ८०९ जनाको पीसीआर परिक्षण गरिएको छ भने आरडीटी परिक्षण संख्या ५८ हजार ५४६ रहेको छ । संक्रमण नदेखिएको संख्या १७ हजार ६८८ रहेको छ ।

देशभर १२ हजार ७०१ जना क्वारेन्टाईनमा रहेका छन् । १५३ जनालाई आईसोलेसनमा राखिएको छ भने हालसम्म ३३ जना निको भएर घर फर्किसकेका छन् ।

Facebook Comments