नेपाल-कोरोनाभाइरस संक्रमण संख्या २९२, दुईको मृत्यु, झण्डै ९६ हजारको परिक्षण (भिडियो/प्रदेश सूची)

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ४

नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका ५ का २५ वर्षिय युवाको स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको हो ।

ति यवाको नरैनापुरकस्थित क्वारेन्टाईनमै मृत्यु भएको हो । मृत्यु अघि नै उनको स्वाब परिक्षणको लागि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ स्वाब परिक्षण गरेपछि मृतक युवा कोरोना संक्रमित भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनु भयो ।

ति युवा वैशाख ३० गते भारतबाट नेपाल आए लगत्तै उनलाई नरैनापुर क्वारेन्टाईनमा राखिएकोमा आज बिहान स्वास्थ्यमा समस्या आएको र बान्ता पनि गरेका डा.देवकोटाले बताउनु भयो । उनको बिहान ६ वजेर ४० मिनेट जाँदा मृत्यु भएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा.देवकोटाले बताउनु भयो ।

बाँकेका युवाको कोरोनाबाट मृत्यु भएको अघिल्लो दिन शनिवार सिन्धुपाल्चोक राम्चेकि २९ वर्षिया महिलाको मृत्यु भएको थियो । बाँकेका युवा र सिन्धुपाल्चोक कि महिलाको मृत्यु संगै नेपालमा कोरोनाभाइरसको संक्रमणको कारण दुई जनाको दुःखद निधन भएको छ ।

नेपालको कोरोनाभाइरस सम्वन्धि पछिल्लो विवरण अनुसार अहिलेसम्म २९२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । ३६ जना निको भएर घर फर्किएका छन् भने ३४६ जना आईसोलेसनमा रहेका छन् । देशभर क्वारेन्टाईनमा रहनेहरुको संख्या १८ हजार ३५७ रहेको छ ।

पीसीआर/आरडीटी परिक्षण संख्या ९५ हजार ९२९

अहिलेसम्म देशभर पीसीआर परिक्षण् २८ हजार १६० जनाको गरिएको छ भने ६७ हजार ७६९ जनाको आरडीटी परिक्षण गरिएको छ । पीसीआर परिक्षणमा संक्रमण नदेखिएको संख्या २७ हजार ८६८ रहेको छ । पीसीआर तथा आरडीटी परिक्षण गरिएको जम्मा संख्या ९५ हजार ९२९ रहेको छ ।

प्रदेशस्तरीय पछिल्लो आरडीटि परिक्षण

  • प्रदेश नं १ मा ९,१८६
  • प्रदेश नं २ मा ६,०००
  • वागमती प्रदेशमा ११,२५७
  • गण्डकी प्रदेशमा ६,९३२
  • प्रदेश नं ५ मा ८,७५१
  • कर्णाली प्रदेशमा ७३७२ र
  • सुदूरपश्चिम प्रदेशमा १८,२७१ जनाको गरी ६७ हजार ७६९ जनाको आरडीटी परिक्षण गरिएको छ ।

प्रदेशमा क्वारेन्टाईनमा कहाँ कति छन् ?

  • प्रदेश १ मा ९,९४७
  • प्रदेश २ मा २,६१६
  • वागमती प्रदेशमा २२७
  • गण्डकी प्रदेशमा ३६०
  • प्रदेश ५ मा ११,९४८
  • कर्णाली प्रदेशमा ६३४ र
  • सुदूरपश्चिम प्रदेशमा १,६२८ जना गरी क्वारेन्टाईनमा १८ हजार ३५७ जना रहेका छन् ।

आईसोलेसनमा रहेकाहरु

  • प्रदेश १ मा २४
  • प्रदेश २ मा १२२
  • वागमती प्रदेशमा ७१
  • गण्डकी प्रदेशमा १
  • प्रदेश ५ मा ११७
  • कर्णाली प्रदेशमा ० र
  • सुदूरपश्चिम प्रदेशमा ११ जना गरी ३४६ जना आईसोलेसनमा रहेका छन् ।
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.04

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.04#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Sunday, May 17, 2020
Facebook Comments