नेपाल (एसकेआईएफ) १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन

काठमाडौं, माघ ६ गते-आयोजक नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । एसकेआईएफले ९ स्वर्ण, १० रजत र १५ कांस्य जित्यो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा अवस्थित कराते हलमा भएको प्रतियोगिता नेपालकै अन्तर्राष्ट्रिय मार्सल एसोसिएसन (आईएमए) ५ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको भारतले ३ स्वर्ण, २ रजत र १० कांस्य जित्यो ।
प्रतियोगिताको पुरुषमा राहुल गुप्ता तथा महिलामा सीमा लामा उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका  हुन् । राहुलले २५ केजी तथा सीमाले ४५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।
विजेतालाई आयोजक एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपालबाट २०८, भारतबाट ३५ र पाकिस्तानबाट २ गरी २ सय ४५ खेलाडी सहभागी थिए । दुईदिने प्रतियोगितामा ३२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो

ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय

संस्थागत विद्यालयहरुको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ ।
श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए । उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा हुने छ ।
ब्याडमिन्टन र एथलेटिकसमा एक खेल एक विधाका आधारमा ब्वाइज÷गल्र्स सिंगल्स र मिक्स डबल्समा खेल हुने छ । भलिबलमा ब्वाइज÷गल्र्स, एथलेटिक्समा ब्वाइज÷गल्र्सको हाइजम्प, लङजम्प, १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १०० मिटर रिलेमा खेल हुने छ । ओप्सका ईसीए इन्चार्ज तथा श्रृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयालले फुटबलमा १६ ब्वाइज टिमको सहभागिता रहने छ । फुटबल श्रृजना ज्ञान सागरले आयोजना गर्ने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ रहेको छ । फुटबल र एथलेटक्स गोलढुंगा खेल मैदान, ब्याडमिन्टन मनमैजुको जि फोर हल तथा भलिबल तार्केश्वरको पैयाटारमा हुने छ । पत्रकार सम्मेलनमा एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुन, कौशलका प्रिन्सिपल एवं ओप्सका सचिव शिव अर्याललगायतको उपस्थिति थियो । प्रतियोगिता माघ १४ गते सम्पन्न हुने छ ।

Facebook Comments