नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाईटीको तेस्रो अधिवेशन सम्पन्न

पोखरा फागुन ३०

नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाईटी कास्कीको तेस्रो अधिवेशन तथा सातौ बार्षिक साधरण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा कबिराज पौडेल , उपाध्यक्षमा दिपकराज तिवारी, सचिवमा तेजप्रसाद अधिकारी ,कोषाध्यक्षमा बिष्णुराज पौडेल, सदश्यहरुमा हरीप्रसाद श्रेष्ठ, मिन बाहादुर जिसी,शिब सुबेदी, बद्रीनाथ पौडेल, छबिलाल पौडेल, गोपालप्रसाद पौडेल, छबिलाल पौडेल चयन हुनुभएको छ ।

कार्य समिति चयन गर्न निर्वाचन अधिकृतमा निर्बतमान अध्यक्ष सुनयना पालिखे रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सस्थापक अध्यक्ष पशुपति श्रेष्ठ रहनु भएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले भन्नु भयो इन्सुरेन्स गर्ने काममा धेरै टेन्सन हुने हुदा आध्यतम तिर पनि लाग्नु पर्ने बताउनुभयो ।साधरण सभामा सस्थाको आयब्यय समेत प्रस्ततु भएको थियो । केशबराज ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Facebook Comments