नेपाली कांग्रेस (वी.पी) का चुनाव तयारी उपसमितिहरु गठन

पोखरा, २२ कार्तिक । नेपाली कांग्रेस (वी.पी) को चुनावी अभियान सचिवालय स्थापनासंगै सुरु भएको छ । क्षेत्र नं. २ कास्कीमा आगामी मंसिर १४ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि चुनावी अभियान सुरु भएको पार्टीका कास्की सभापति समेत रहनुभएका उमेद्वार चन्द्र बहादुर रानाभाटले जानकारी दिनुभयो । सचिवालयको पुर्वमन्त्री तथा पार्टीका महामन्त्री शुसिलमान शेरचन र अर्का महामन्त्री पुष्पराज पराजुलीले उद्धघाटन गर्नुभएको हो ।

यसैबिच चुनाव प्रचार प्रसार तथा तयारीका लागि निर्वाचन क्षेत्रका सम्पुर्ण वडाहरुमा प्रतिनिधिहरु समेत खटाईएको छ । प्रतिनिधिका रुपमा पोखरा महानगरपालिका वडा नं. ४ मा युवराज आचार्य, जमुना तिमिल्सीना र डिल बहादुर रानाभाट, वडा नं. ७ मा मुक्ति अधिकारी, झंकनाथ आचार्य र शंकर पौड्ल, वडा नं. ८ मा माधव गिरी र ममता पौड्ललाई खटाईएको पार्टीले जनाएको छ ।

यस्तै वडा नं.९ मा तिलक बहादुर परियार, वडा नं. ११ मा चित्र प्रसाद अधिकारी, लक्ष्मि नेपाली र आनन्द पौडेल, वडा नं. १५ का लागि रमना भण्डारी, दुर्गा बराल र पुर्णीमा पुर्जा, वडा नं. १६ मा कर्ण बहादुर रानाभाट र सन्त परियारलाई प्रतिनिधिका रुपमा खटाईएको छ । वडा प्रतिनिधिका रुपमा वडा नं. १७ मा नरभुपमल पौडेल, तारा प्रसाद रिमाल र ममता पौडेल, वडा नं. २० मा आई बहादुर सुनार र सन्त बहादुर गुरुङ्, वडा नं. २१ मा भेषराज बञ्जरा, भीम रानाभाट र गणेश अधिकारी तथा वडा नं. ३३ का लागि महेश्वर सुवेदी र योगराज पौडेललाई खटाईएको सचिवालयले जनाएको छ ।

पार्टीका कार्यवाहक सभापति डम्बर बहादुर बाँनिया संयोजकत्वमा १ हजार ८ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । साथै नरभुपाल पौडेलको संयोजकत्वमा आर्थीक उपसमिति, खड्क बहादुर वि.कको संयोजकत्वमा युवापरिचालन उपसमिति, तारा प्रसाद रिमालको संयोजकत्वमा भुपु सैनिक उपरिचान उपसमिति, लक्ष्मि नेपालीको संयोजकत्वमा महिला परिचालन उपसमिति र चित्र प्रसाद अधिकारीको संयोजकत्व संघसंस्था समन्वय उपसमिति गठन गरिएका छन् ।

Facebook Comments