नेपालमा बिमाको पहुँच २७ प्रतिशत अध्यक्ष :चापागाँई

दीननाथ बराल/पोखरा ११, पुष-नेपालमा बिमाको पहुँच २७ प्रतिशत पुगेको छ । नेपाल बिमा समितिका अध्यक्ष चिरन्जिवि चापागाँईले नेपालमा हाल बिमाको पहुच २७ प्रतिशत पुगेको दाबी गरेकाछन्।
सिद्धार्थ इन्सुरेन्स गण्डकी प्रदेश कार्यालयले शुक्रबार पोखरामा एक समारोहका बिच उद्घाटन गर्दै अध्यक्ष चापागाँईले आफु बिमा समितिमा आएको समयमा ५ प्रतिशतमा रहेको बिमाको सङख्या हाल २७ प्रतिशतसम्म पुगेको जनाएका हुन्। उनले भने “ म बिमा समितिको अध्यक्ष हुदा सवै भन्दा धेरै मैले गाली र खप्की खानु परेको थियो तर आज सवै भन्दा धेरै बधाई मैले पाएको छु, केही बिमा कम्पनीहरुलाई थप्नुले बजारमा अस्वस्थ बजार हुन्छ, बिमा बजारमा ठुलो असर पर्छ भन्नेहरु आज बिमाको पहुच धेरैमा पुगैसंगै मलाई बधाई दिन लागेका छन्। ” नयाँ बिमा कम्पनी भन्दा पुरानो बिमा कम्पनीको कारोवार बढेको उनले दाबी गरे । उनले भने “ क बर्गका बैंक सरह कारोवार गर्ने बिमा कम्पनी बढेको छ, बिमा सचेतना बढेको छ, यसले समाजमा धेरै परिवर्तन ल्याउदैछ, मेरो ४ बर्षीय कार्यकालमा अब बाँकी एक बर्षमा थप ३ प्रतिशत गरी ३० प्रतिशत बिमाको पहुच पुग्छ । ”
करिब २ हजार कर्मचारी सङख्या बढेर हाल बिमामा करिब ८ हजार जना पुगेको अध्यक्ष चापागाईले दाबी गरे । सम्पूर्ण बिमा कम्पनीलाई अब घुम्ती बिमा संचालन गर्न निर्देशन दिदै उनले ७७ जिल्लामै बिमाको पहुच पु¥याउनु पर्नेमा जोड दिए । कार्यक्रममा सिद्धार्थ इन्सुरेन्सका संचालक पवन कुमार अग्रवालले आफुहरुले उच्च स्तरको सेवा प्रदान गर्ने जनाए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बिमालाई सहज पार्न आग्रह गर्दै प्रादेशिक कार्यालय स्थापना भएसंगै अधिकार प्रत्यायोजन गर्न आग्रह गरे । पोखरा उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष विन्दु कोइरालाले घर परिवार पछिको सुरक्षा बिमाले दिने बताईन्। निम्स पोखराका अध्यक्ष केशव ढकालले समाजमा अझै पनि बिमा सचेतनाको कमी रहेको बताए ।

Facebook Comments