नेपालमा पहिलो केसःलोकल ट्रान्समिसन, धनगढीमा ३ जनामा कोरोना संक्रमण देखियो, अनिवार्य क्वारेन्टाईनमा बसौं(video)

by-aarju

आरजू-अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २२

नेपालमा कोरोनाभाइरस लोकल ट्रान्समिसन भएको पहिलो केस धनगढीमा एक महिलामा भेटिएको छ । यो सहित धनगढीमा शनिवार ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लोकल ट्रान्समिसन नेपालमै भएकोले यो अवस्था दोश्रो चरणको अवस्था भएको बताउनु भयो ।

मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिवारसम्म कूल नमूना परिक्षण संख्या १ हजार ४४१ रहेको डा. देवकोटाले बताउनु भयो । देवकोटाले उपत्यका बाहिर जनकपुर, धरान, हेटौंडा, पोखरा, धनगढी र सुर्खेतबाट परिक्षण शुरु भईसकेको बताउनु भयो । चीतवन र बुटवलमा उपकरण जडानका काम सकिन लागेको जानकारी दिनुभयो । त्यहाँ आईतवारबाट परिक्षणको काम शुरु गरिने भएको छ ।

आईसोलेसनको अपडेटमा काठमाडौंमा १५ जना आईसोलेसनमा रहेका छन् भने काठमाडौं बाहिर ५४ जना गरि ६९ जना रहेका छन् । कल सेन्टर ११३३ र १११५ मा आएका कल मध्य ३ हजार ४६५ कललाई संवोधन गरिएको छ ।

मन्त्रालयको नयाँ वेब साईट www.covid19.mohp.gov.np र मोवाईल एप्लिकेसनमा लक्षण ईन्ट्रि गरेकाहरुको संख्या ६ हजार ५२७ रहेको छ । यि मध्य शनिवारसम्म रेडजोनमा १२६ जना रहेका छन् भने उनिहरुको फोनबाट र सम्वन्धित महाशाखाबाट ट्रेसिङ गर्ने काम भईरहेको बताउनु भयो । घरैमा बसेर आफ्नो मूल्यांकन गर्नको लागि जो कसैले त्यहाँ सोधिए अनुसारको सहि तथ्यलाई राख्नु पर्ने हुन्छ ।

प्रवक्ता डा.देवकोटाले अस्पतालमा पिपिईको प्रयोग अनावस्यक रुपमा प्रयोग गर्ने र संचार माध्यममा फोटो पोष्ट गर्ने कामलाई बन्द गर्न आग्रह गर्नुभएको छ । अर्को कुरा क्वारेन्टाईनमा १४ दिन बसिकेपछि अझैं पनि त्यहाँ बस्नुपर्ने हुन्छ, घरमा बसेहरुको लागि घर झनै सुरक्षित हुने भएकोले दूरी कायम गरेर सुरक्षित बसिदिन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालामा शनिवार गरिएका परिक्षणमा ३ वटा परिक्षणको नतिजा पोजेटिभ देखिएको हो । उनिहरु मध्य एक ३४ वर्षिया महिला, एक जना २१ वर्षिय पुरुष र अर्को एक ४१ वर्षिय पुरुष रहेका छन् । दुई पुरुष भारतबाट आएका हुन । उनिहरुलाई उपचारको लागि धनगढी लगिएको छ । संक्रमित महिला एक संक्रमित परिवारको सदस्य हुन ।

यो नेपालमै देखिएको पहिलो केस हो, “लोकल ट्रान्समिसन ।” ति महिलालाई सेती प्रादेशिक अस्पतालमा लगिएको छ । यो लोकल ट्रान्समिसन हो, डा. देवकोटाले भन्नुभयो ः“संक्रमणलाई एकबाट अर्कोमा सर्न नदिनको लागि सुरक्षित तवर घरैमा वा अनिवार्य क्वारेन्टाईनमा बस्न आवस्यक छ । यसरी बसियो भने परिवारका सदस्यहरुलाई रोग सर्नबाट जोगाउन सकिन्छ ।

अहिले दुई जनाको काठमाडौं टेकुमा, दुई जना बागलुङमा र ४ जनाले धनगढी अस्पतालमा उपचार गराईरहेका छन् । जम्मा नेपालमा ८ जनाले उपचार गराईरहेका छन् भने एक जना यसअघि नै निको भएर फर्कि सकेका छन् ।

Facebook Comments