नेपालमा कोरोनाभाइरसको संक्रमण भएकाको संख्या २४५ पुग्यो, ८१ हजार ६५५ जनाको परिक्षण

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०१

बिहिवार सर्लाही, धनुषा, र महोत्तरीका ५ जना कोरोनाभाइरसका संक्रमित थपिएपछि नेपालका कोरोनाभाइरसको संक्रमण भएकाहरुको संख्या २४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिवार बिहान गरिएको अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं टेकुमा गरिएको परिक्षणमा नयाँ पुष्टि भएकाहरु ५ जना रहेका छन् । अद्यावधिक विवरणमा बिहान २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको डा.समिर कुमार अधिकारीले जानकारी गराउनु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा बिहीबार ५ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितहरु सलाही जिल्ला धान्कौली नगरपालिकाका ४५ वर्षिय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिकाका ४० वर्षिय पुरुष र २० वर्षिया महिला रहेकि छन् ।

यस्तै महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षिय पुरुष रहेका छन् । हालसम्म प्राप्त विवरण अनुसार संक्रमति सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनिहरु सबै चिकित्सकको सम्पर्कमा रहेका छन् ।

नेपालमा हालसम्म ८१ हजार ६५५ जनाको परिक्षण्

कोरोनाभाइरस संक्रमण सम्वन्धि नेपालको पछिल्लो विवरण अनुसार २१ हजार ३३६ जनाको पीसीआर परिक्षण गरिएको छ । ६० हजार ३१९ जनाको आरडीटी परिक्षण गरिएको छ भने दुवै गरेर नेपालमा हालसम्म ८१ हजार ६५५ जनाको कोरोनाभाइरस संक्रमणको परिक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परिक्षणमा हालसम्म २१ हजार १२१ जनाको नतिजा नेगेटिभ देखिएको छ । ति मध्य २४५ जनामा संक्रमण देखिएको छ । क्वारेन्टाइनमा १४ हजार ३१३ जना बसेका छन् भने २४५ जना आईसोलेसनमा रहेका छन् । अहिलेसम्म ३५ जना निको भएर घर फर्किएका छन् ।

Facebook Comments