नेपालमा आजसम्म २४ हजार वढिको परीक्षण

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ५

सरकारले हालसम्म नेपालमा २४ हजार २५३ जनाको कोरोनाभाइरस परीक्षण गरेको बताएको छ ।
आरडीटीबाट १६ हजार ५६५ तथा पीसीआर विधिबाट ७ हजार ६८८ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बताएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बितेका २४ घन्टामा ४ हजार ८२२ वटा परीक्षण गरीएको मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा जानकारी दिनुभयो । उहाँले आरडीटी परीक्षण सेवा दुई जिल्ला डोल्पा तथा सोलुखुम्बु बाहेक अन्य सबै जिल्लामा चलिसकेको बताउनु भयो ।

देरभर हालसम्म ४ हजार ६०७ जना क्वारेन्टाईनमा रहेका छन् भने ९० जना आईसोलेसनमा रहेका छन् ।

Facebook Comments