नेपालभर पीसीआर/आरडीटीबाट १ लाख ३०१ जनाको परिक्षण, संक्रमित हुनेको संख्या ३७५

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालभर १ लाख ३०१ जनाको परिक्षण भईसकेको छ । उनिहरुमा पीसीआर परिक्षण गरिएका ३० हजार ७४१ र आरडीटी परिक्षण गरिएका ६९ हजार ५६० जना रहेका छन् ।

परिक्षणमा संक्रमण नदेखिएको संख्या ३० हजार ३३६ रहेको छ । देशभर २० हजार ९० जना क्वारेन्टाईमा रहेका छन् । ४१३ जना आइसोलेसनमा रहेका छन् भने ३६ जना निको भईसकेका छन् । कोरोनाको कारण नेपालमा अहिलेसम्म २ जनाको मृत्यु भईसकेको छ ।

कोरोनाभाइरसको संक्रमण हुनेको संख्या नेपालमा ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगञ्ज, कोशी अस्पताल, विराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १८ रहेको छ ।

उनिहरु धनुषा निवासी २ जना, खोटाङ, हलेसी निवासी १, बाँके नरैनापुर निवासी १२ जना रहेका छन् । यस्तै दैलेख आठबिस वडा नं १ निवासी १ जना, सुनसरी निवासी १ जना, झापा निवासी १ गरी १८ जना पुरुष रहेका छन् । उनिहरुको स्वास्थ्य सामान्य रहेको छ भने सबैजना स्वास्थ्यकर्मिको निगरानीमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताएका छन् ।

Facebook Comments