नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

फागुन २१, २०७६ काठमाडौं-एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको छ। आज भएको आफ्नो तेस्रो खेलमा नेपालले थाईल्याण्डलाई ९ विकेटले पराजित गर्यो। थाइल्याण्डले दिएको  ६७ रनको विजयी लक्ष्य ५ ओभर २ बलमा भेट्टायो।  नेपालका सर्वाधिक रन ओपनर कुशल मल्ल नटआउट ३६ खेले त्यस्तै  पवन शर्राफले अविजित रहँदै २७ रन बनाए। यसअघि टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन मात्रै बनाउन सक्यो।  थाइल्याण्डका लागि हेनो जोर्डनको १३ रन नै सर्वाधिक रह्यो थाइल्याण्डले १७ रन अतिरिक्त पाएको थियो। थाइल्याण्डको इनिङ्स ध्वस्त पार्ने क्रममा करण केसीले ३ विकेट लिए भने अविनास बोहोराले २ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र भुवन कार्कीले समान १र१ विकेट लिए।  लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो। यस अघि नेपाल मलेसियासँग २२ रन र हङकङसँग ४३ रनले पराजित भएको थियो। फागुन २१, २०७६ काठमाडौं : एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको छ।  आज भएको आफ्नो तेस्रो खेलमा नेपालले थाईल्याण्डलाई ९ विकेटले पराजित गर्यो। थाइल्याण्डले दिएको  ६७ रनको विजयी लक्ष्य ५ ओभर २ बलमा भेट्टायो।  नेपालका सर्वाधिक रन ओपनर कुशल मल्ल नटआउट ३६ खेले त्यस्तै  पवन शर्राफले अविजित रहँदै २७ रन बनाए। यसअघि टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन मात्रै बनाउन सक्यो।  थाइल्याण्डका लागि हेनो जोर्डनको १३ रन नै सर्वाधिक रह्यो थाइल्याण्डले १७ रन अतिरिक्त पाएको थियो। थाइल्याण्डको इनिङ्स ध्वस्त पार्ने क्रममा करण केसीले ३ विकेट लिए भने अविनास बोहोराले २ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र भुवन कार्कीले समान १र१ विकेट लिए।  लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो। यस अघि नेपाल मलेसियासँग २२ रन र हङकङसँग ४३ रनले पराजित भएको थियो।थाहाखबर

Facebook Comments