नेकपा स्थायी कमिटी बैठक सकियो

काठमाडौं मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सोमबार पुनः बस्नेगरी सकिएको छ।

आइतबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

अध्यक्ष प्रचण्डको प्रतिवेदन स्थायी कमिटी सदस्यहरुलाई वितरण गरेसँगै आइतबारको बैठक सकिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरिएको थियो।

सोमबार बिहान ११ बजे फेरि बस्ने बैठकमा स्थायी समिति सदस्यहरुले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आफ्नो धारणा राख्नेछन्।

नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको बैठकमा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओली भने सहभागी भएनन्।

Facebook Comments