नेकपा सचिवालय बैठक सकियो, बैठकमा के / के भए निर्णय

काठमाडौं बैशाख ८

नेपाल कम्युनिस्ट पार्टी नेकपा को आकस्मिक सचिवालय बैठक सकिएको छ । सोमबार साँझ ५।३० बजेदेखि प्रधानमन्नी निवास बालुवाटारमा बैठक बसेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको थियो ।

विश्वभर कोरोना महामारी फैलिएको बेला उक्त अध्यादेश आउन नहुने भन्दै बैठकमा कुरा उठेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘सरकार र पार्टीको अगाडी दुई कार्यभार छन् । पार्टी एकता मजबुत बनाउने र महामारीमा जुध्ने बेलामा अध्यादेश आउनु नहुने भन्ने कुरा उठ्यो’ श्रेष्ठले भने । गम्भीर राजनीतिक विषय हो। पार्टीमा छलफल नभएकाले आकस्मिक बैठक बसेको थियो। सबैले आफ्नो विचार प्रस्तुत गरेका थिए । बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकाले केही गर्न सकिएन श्रेष्ठले भने ।

सचिवालय बैठकमा संवैधानिक परिषद्को नियुक्तिहरु अड्किएको र अरु पनि त्यस्तै विषय भएकाले यसलाई ठूलो रुपमा लिनु हुँदैन भन्ने ब्रिफिङ प्रधानमन्त्रीले गरेको बैठकपछि प्रवक्ता श्रेष्ठले बताए । सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् । मन्त्रिपरिषद्को उक्त प्रस्ताव बालुवाटारमा सचिवालय बैठक बसिरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेकी छन् । उक्त अध्यादेशले नेकपामा ठूलै हलचल ल्याएपछि सचिवालय बैठक बोलाईएको थियो । साझा डबलीको सहयोगमा

Facebook Comments