नेकपा नेताहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन्

काठमाडौं कार्तिक १४ । ग्राण्डी अस्पताल पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाएनन् ।

प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल बिहीबार मध्याहृन अस्पताल पुगेका थिए ।

उनीहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन् । डाक्टरहरुलाई भेटेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।प्रधानमन्त्रीको स्वास्थ्य राम्रो रहेको जानकारी चिकित्सकहरुले दिएको श्रेष्ठले बताए ।

Facebook Comments