नेकपा करणको नेतृत्वमा चुनावमा होमिने

सन्देश श्रेष्ठ पोखरा, कात्तिक १९ । उप निर्वाचन अन्तर्गत मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को निर्वाचनका लागि नेकपाले राजकाजी गुरुङ (करण)लाई चुनावी कमाण्डर तोकेको छ । नेकपा कास्कीको सोमबार सम्पन्न पूर्ण बैठकले प्रतिनिधि सभाको एकमात्र चुनाव हुने कास्की २ को निर्वाचनका लागि करणलाई चुनावी कमाण्डर तोकेको हो ।

स्वर्गिय पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन भएपछि हुन लागेको उप चुनावमा उम्मेद्वार बनेकी अधिकारी पत्नी विद्या भट्टराईलाई जिताउनका लागि नेकपाका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज करणलाई चुनावी कमाण्डर बनाएको नेकपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेकपा कास्कीको यो निर्णयसँगै पूर्व एमाले निकट विद्यालाई जिताउने जिम्मा अब पूर्व माओवादी नेता करणमा आएको हो ।

नेकपाले विद्यालाई जिताउनका लागि अभूतपूर्व एकता देखाउनेगरी करणको नेतृत्वमा निर्वाचन मूल कमाण्ड र नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा २ हजार ६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति तथा अन्य उपसमितिहरु बनाएको छ । निर्वाचनल मूल कमाण्डमा नेकपाका केन्द्रीय सदस्यहरु रहेका छन् ।

नेकपाले चुनावको प्रमुख उपसमिति मानिने आर्थिक परिचालन उप समितिको संयोजकको जिम्मापनि पूर्व माओवादी नेता तथा नेकपा कास्कीका सचिव बखानसिंह गुरुङलाई दिएको छ । यसको सहसंयोजकमा भने नेकपाका नेता तथा ब्यबसायी धनराज आचार्यलाई तोकिएको छ ।

यसैगरी नेकपाले निर्वाचन प्रसारप्रसारको जिम्मापनि पूर्व माओवादी नेता तथा नेकपा कास्कीका सदस्य त्रिभूवन पौडेललाई सुम्पिएको छ भने सहसंयोजकमा विद्यार्थी नेता रश्मी आचार्यलाई तोकेको छ । नेकपाले जनवर्गिय मोर्चा संगठन परिचालन कमिटीको संयोजक नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बराल तथा सहसंयोजक विनय थापालाई बनाएको छ ।

नेकपाले युवा परिचालन उपसमितिको संयोजक सुमन देवकोटा र सहसंयोजक दीलिप न्यौपाने, सांस्कृतिक उप समिति संयोजक राम नेपाली र सह संयोजक मनकुमार श्रेष्ठ, कानुनी मामिला उपसमिति संयोजक सुरेन्द्र थापा मगर र सहसंयोजक गोविन्द पौडेल, पेशागत क्षेत्र उपसमिति संयोजक आर.पी. शर्मा र सह संयोजक ः तारा पौडेल, बुद्धिजिवी परिचालन उपसमिति संयोजक बाबुराम पौडेल र सह संयोजक दुर्गादत्त भण्डारी, महिला परिचालन उपसमिति संयोजक गायत्री गुरुङ र सह संयोजक मिनाकुमारी गुरुङ, मजदुर परिचालन उपसमिति संयोजक अर्जुन छन्त्याल र सहसंयोजक मिना गुरुङ रहेको जनाएको छ ।

फोटो : नेपाल खबर डट कम

यसैगरी, नेकपाले बुथ तथा एजेण्ट परिचालन उपसमितिको संयोजकमा पूर्व माओवादी नेता गंगा पोखरेललाई संयोजक र रत्ना गुरुङलाई सह संयोजक, सामाजिक संघसंस्था परिचालन उपसमिति संयोजकमा बैनबहादुर अधिकारी क्षेत्री र सहसंयोजकमा गोमा ढकाल, सुकुम्बासी परिचालन उपसमिति संयोजक लक्ष्मीप्रसाद अधिकारी र सहसंयोजक ओमबहादुर पौडेल, सामुदायिक संघसंस्था परिचालन उपसमिति संयोजक झकबहादुर थापा मगर र सहसंयोजक ः धर्मबहादुर गुरुङ, भूपू सैनिक परिचालन उपसमिति संयोजक क्या.लालकाजी गुरुङ र सहसंयोजक क्या.भीमबहादुर गुरुङ, उद्योग, ब्यबसाय, पर्यटन परिचालन उपसमिति संयोजक युवराज पौडेल र सहसंयोजक अग्नी कँडेल, जेष्ठ नागरिक परिचालन उपसमिति

संयोजक गोविन्दकुमार श्रेष्ठ र सहसंयोजक निर्मलबहादुर अधिकारी, उत्पीडित समुदाय परिचालन उपसमिति संयोजक भीमबहादुर विक र सहसंयोजक दामबहादुर विक, यातायात ब्यबस्थापन उपसमिति संयोजक रुद्र गौतम, सरकारी निकाय समन्वय उपसमिति संयोजक कृष्ण थापा र सहसंयोजक बखानसिंह गुरुङ, सम्पर्क मञ्च परिचालन उपसमिति संयोजक बुद्धिप्रसाद अधिकारी र सहसंयोजक ः सुरज लामिछाने, कास्की क्षेत्र नम्बर १ समन्वय उपसमिति संयोजक दीपक कोइराला र सहसंयोजक ः मनबहादुर गुरुङ, कास्की क्षेत्र नम्बर ३ समन्वय उपसमिति संयोजक रामजीप्रसाद बराल र सह संयोजक सहसंयोजक राजिव पहारी, बैदेशिक सम्पर्क सहयोग उपसमिति संयोजक दीपक पौडेल, केन्द्र र प्रदेश समन्वय उपसमिति संयोजक कृष्ण गिरी (विज्ञान) र सहसंयोजक ः नवराज ओझा, स्वास्थ्य ब्यबस्थापन उपसमिति संयोजक ः मिन गुरुङ र सहसंयोजक ः गंगा कुँवर तथा उम्मेद्वार ब्यबस्थापन समन्वय उपसमितिको संयोजकमा स्वर्गिय रबिन्द्र अधिकारीका सहपाठी धनराज आचार्यलाई तोकिएको छ ।

नेकपाले वडा स्तरिय निर्वाचन कमाण्ड टिमपनि बनाएको छ । नेकपाले कास्की २ अन्तर्गतपर्ने सबै वडामा केन्द्रीय सदस्य तथा कास्की पदाधिकारीलाई कमाण्डर तोकेको छ । जस अन्तर्गत नेकपाले पोखरा वडा नम्बर १६ मा राजकाजी गुरुङ, ११ मा चुडामणी जंगली, ७ मा सिता गिरी ओली, ३३ मा भीम कार्की, ८ मा शारदा सुबेदी, १७ मा कृष्ण थापा, १५ मा बखानसिंह गुरुङ, ४ मा दामोदर बैरागी, ९ मा प्रभा कोइराला, २१ मा दीपक पौडेल र वडा नम्बर २० मा विश्वप्रकाश लामिछानेलाई चुनावी वडा कमाण्डर तोकेको छ ।

नेकपाले विद्यालाई जिताउन बैचारिक स्पष्टता, प्रभावकारी परिचालन र आक्रामक प्रचार गर्ने नीति लिएको जनाएको छ । उसले कात्तिक २१ गते विहान निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने र सोहि दिन पूर्वाह्न ११ बजे नारा जुलुससहित उम्मेद्वारी दर्ता गर्न जाने बताएको छ । पार्टी बैठकले चुनावको अनुगमनसहित निर्देशन दिनका लागि समिति गठन गर्न प्रदेश कमिटीलाई अनुरोधसमेत गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

पत्रकार भेटघाटमा बोल्दै थापाले पार्टीले साझा उम्मेद्वार बनाएकाले पार्टी एकढिक्का भएर चुनावमा होमिएको बताए । पार्टी नेताको पत्नी हुँदैमा उसको योग्यता, क्षमता र पार्टीमा दिएको योगदानको अवमूल्यन गर्नु हुँदैन भनेर नै पार्टीले विद्यालाई उम्मेद्वार बनाएको स्पष्ट पारे । उनले कास्केलीको छोरी भएर विद्या आएको बताउँदै अब उनलाई जिताएर कास्केली जनताले अपनत्वको महशुष गराउन आग्रह गरे ।

Facebook Comments