नेकपाको विवादले जनता निरास, संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न पूर्वसभामुख महराको अपिल

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख १७

पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न अपिल गर्नुभएको छ ।

मुलुककै सबैभन्दा ठूलो तथा सरकार संचालन गरिरहेको दल नेकपा भित्र हाल देखिएको विवादले जनतालाई निरास बनाएको बताउनु भएको छ ।

अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ, महराद्वारा वुधवार जारि गरिएको विज्ञप्तिमा लेखिएको छ, :“हालको अवस्थामा सबै दल तथा जनसमुदाय मिलेर कोरोनाभाइरस विरुद्ध संघर्ष गर्ने बेला हो । यस्तो जटिल अवस्थामा दलहरुबीचमा एकता र सहकार्य हुनु पर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन ।”

महामारीको रुपमा फैलिएको कोरोनाभाइरस, कोभिड १९ ले विश्व आक्रान्त बनेको र नेपाल पनि यसको संक्रमणबाट प्रभावित बनेको बताउँदै महराले मुलुक लकडानमा रहेको अवस्थामा अर्थतन्त्र धराशायी अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ ।

पूर्व सभामुख महरा दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

Facebook Comments