नेकपाका नेता ज्यूँ देउवाको आशंकालाई लिएर समय खर्च नगर्नुस्, मोदीसंग जवाफ माग्नुस्:कांग्रेस प्रवक्ता शर्मा

आरजू विष्ट सल्यानी, पोखरा मंसिर ०९

नेपालाी कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो भूमिको रक्षाकालागि साथर्क प्रयास गर्न नसक्ने, समकक्षि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर स्पष्ट जवाफ माग्न नसक्नेले पार्टी सभापति शेर बहादुर देउवाले गरेको आशंकाको कुरालाई लिएर समय खर्च गरिरहेको प्रतिक्रिया दिनुभएको छ ।

मुलुकमा अनेकौं जनविरोधी कामहरु हुँदा केन्द्रीय तहबाट कांग्रेसले जनतालाई दुःख दिने काम गर्यो कि गरेन समिक्षा जनताले गर्नुपर्छ । वाईड बडि, वुढि गण्डकी, कालापानी, निर्मला पन्त वलात्कार हत्या वा अन्य जनविरोधी काममा एउटा संघर्ष र बन्दको कार्यक्रम गरेनौं, शर्माले भन्नुभयो ः“हामीले सरकारलाई विरोध र खबरदारी प्रतिपक्षीको नाताले सालिन भूमिका निर्वाह गर्यौं ।” सरकारको पनि समिक्षा गरिदिनोस् ।

कालापानी, लिम्पियाधूरा, लिपुलेकलाई भारतले राजनीतिक नक्शामा राखेर सार्वजनिक गर्यो । के हामीले टाएर बाल्यौं, बन्दको काम गर्यौं बरु प्रधानमन्त्रीले वालुवाटारमा आयोजना गरेको सर्वदलिय वैठकमा भेला भएर उहाँलाई सम्पूर्ण रुपले समर्थन गर्छैं, तपाँई दिल्लीसंग सिधा कुरा गर्नुस् भन्यौं, तर सार्थक ढंगले पहल गर्नुभएन । उल्टै प्रतिपक्षि नेता शेर बहादुर देउवाले राजदुतलाई फोन गरेर उक्त भूमि नेपालको हो, हाम्रो आपत्ति छ भनेर भन्नुभयो । उहाँहरु प्रतिपक्षमा भएको भए के गर्नुहुन्थ्यो ? २०४८ देखि २०५०, ०५१ को दुई वर्षे अवधिमा हेर्नोस् दर्जन वढि बन्दका कार्यक्रम गर्नुभयो, हामीलेत खै त त्यसो गरेनौं ?

भारतको प्रधानमन्त्रीलाई जन्म दीनको शुभकामना दिंदा विभिन्न भाषामा दिन सक्नेले नेपालको भूमि मिचिदा नेपालीले मात्रै बुझ्ने गरि नेपालको मिडियामा खपत हुनेगरि नेपाली भाषामा सरकारको विज्ञप्ति आयो कालापानीको बारेमा, समय गुज्रियो, काठमाडौंमा राजदुतलाई, दिल्लीमा मोदीलाई टेलिफलोनसम्म गरिएन, यहाँनिर कांग्रेस सभापति देउवाको आशंका मात्र थियो कि उहाँले बोल्दै गर्दा, सरकारलाई सहयोग गर्नेगरि आशंका गरेको हो, ठहर होईन ।

अहिले आशंकालाई लिएर कम्यूनिष्ट पार्टीका नेताहरुले शेर बहादुरले यसो भने उसो भने भनेर समय खर्च गरिहेका छन्, के हामीलाई आफ्नो भूमिको माया छैन ? सरकार अघि बढोस् हामी साथमा छौं, शर्माले भन्नुभयो :“आशंका गर्न पाईन्छ, यसैलाई मुद्धा बनाएर सरकारका नेताहरुले समय खर्च नगर्नुहोस् बरु समस्या समाधानको लागि भारत सरकारसंग जवाफ माग्नुस, मोदी जीलाई एक पटक त फोन गर्नुस् किन सक्नु हुन्न ?”

निर्वाचनमा जाँदै गर्दा जताततै कांग्रेसप्रति लहर आएको छ । ७० कै हाराहारीका कमरेड केपि ओली मुलुकको प्रधानमन्त्री हुन मिल्ने, ७० कटेका कांग्रेस नेता पौडेलले सांसद भएर भ्रष्टाचार विरुद्ध रोष्टममा उभिएर एक पटक बोल्न मिल्ने कि नमिल्ने ? शर्माले भन्नुभयो :“कास्कीका जनताले सोच्ने बेला आएको छ, पौडेललाई मत दिनु भनेको सरकारलाई सच्याउनको लागि हो, आफ्नो विवेकको प्रयोग गरौं । नेता शर्मा आज प्रेस यूनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हुनुहुन्थ्यो ।

Facebook Comments