निर्वाचन २०७६ –भोट माग्दै जनताको घरदैलोमा नेकपा

पोखरा, २७ कात्तिक(हरि बास्तोला)-कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आगामी मंसीर १४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रचारप्रसारलाई तिब्रता दिएको छ ।

निर्वाचन क्षेत्र अन्तर्गतका पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचन परिचालन कार्यालय तथा कतिपय वडामा आवश्यकता अनुसार शाखा कार्यालय स्थापना गरि सकेको नेकपाले उम्मेदवार सहित पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा घरदैलो कार्यक्रमलाई अघि बढाएका हुन् ।

प्रत्येक वडा तथा टोलमा प्रचार प्रसारका गतिविधिलाई प्रभावकारी बनाउन, मतदाता शिक्षालाई जनताको घरदैलोमा पु¥याउने उद्देश्यका साथ आज पोखरा १७ मा विभिन्न भेगलाई समेटने गरि छुट्टाछुट्टै चार वटा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको नेकपा १७ का अध्यक्ष सुवास ढुङ्गानाले जानकारी दिनुभयो ।

कार्यालयको उद्घाटन गर्दै नेकपा कास्कीका अध्यक्ष एवम् निर्वाचन कमिटी संयोजक कृष्ण थापाले विकास प्रेमी नेता स्वर्गीय रवीन्द्र अधिकारीले देख्नु भएका सपना साकार पार्न विद्या भट्टराई अधिकारीलाई सर्वसम्मत उम्मेदवार बनाईएको बताउनुभयो ।

जनप्रतिनिधिहरु जनताका सेवक भएको उल्लेख गर्दै उहाँले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्दै मतदातामाझ पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । वर्तमान पार्टी नेतृत्वको सरकारले टिकट भविष्यमा सुकुम्वासी समस्या समाधान गर्ने गरि आवश्यक तयारी गरि रहेको बताउँदै उहाँले अवको तीन बर्ष भित्र मुलुकमा कोही पनि सुकुम्वासी नहुने जानकारी दिनुभयो ।

त्यस अघि विरौटाचोक र महतगौडामा निर्वाचन परिचालन कार्यालय स्थापन गरिएको नेकपा वडा अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक सुभाष ढुङ्गानाले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सदस्य एव्म जिल्ला कमिटी सदस्य राधीका शाही योगी, सुवर्ण श्रेष्ठ र ओमबहादुर हमाल, मजदूर नेता रुद्र खत्री, वडा अध्यक्ष तिर्थ अधिकारी, भुवानी भट्टराई, पार्टी वडा सचिव ईश्वरीप्रसाद लम्साल लगायतले निर्वाचनमा सकृयतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।रासस

Facebook Comments