चिनिँया मेडिकल टोलीद्धारा पोखरामा नि:शुल्क स्वास्थ्य शिविर

पोखरा, १० मंसिर-चिनिँया मेडिकल टोलीले पोखरामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् ।
चिनियाँ सरकारको सहयोगमा पोखराको लेकसाईडमा मंसिर ९ र १० गते गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले स्वास्थ्यलाभ लिए ।
नेपालका विभिन्न स्थानमा निःशुल्का स्वास्थ शिविर संचालन गर्दै आएका १७ जना चिनियाँ डाक्टरहरुको टोलीले लेकसाइडमा नाक, कान, घाँटी, थाइराईड, फोक्सो, इलेक्ट्रोकार्डियो, रगत जाँच र परम्परागत चिनिँया जाँच गरेका थिए ।
टोलीले शिविरमा जाँचका क्रममा पत्ता लागेका रोगहरुको औषधी सेवन गर्नुपर्ने या ठूलो अप्रेसन नै गर्नुपर्ने विरामीलाई अन्य अस्पतालहरुमा जान सल्लाह समेत दिएको टोलीका संयोजक डाक्टर लिउ लिउले जानकारी दिए ।
१२ औँ पटकको स्वास्थ्य शिविर गरिसकेका डाक्टरहरुको टोलीबाट नेपालीले धेरै भन्दा धेरै निःशुल्क स्वास्थ्य लाभ लिन सकुन भन्ने हेतुले विभिन्न ठाँउमा शिविर संचालन गर्दै आएको उनको भनाई छ । टोलीले यहि हप्ता विहिबार, शुक्रबार र शनिबार पोखरामा निर्माणाधिन क्षेत्रिय विमानस्थलमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने समेत बताएको छ ।

Facebook Comments