नवरात्रीको पाँचौं दिन आज स्कन्दमाताको पूजा

पोखरा, १६ असोज, २०७६
बडा दशैं, नवरात्रीको पाँचौ दिन आज हिन्दु धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरेर मनाउँदैछन् ।

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई आफ्नो काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिनलाई स्कन्दमाताको पूजा गर्ने दिनको रुपमा लिईन्छ ।

चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने पद्मासन सहित सिंहमा सवार गर्ने माता हुन ।

Facebook Comments