नयाँ २१ थपिए, गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ६८१,

अनलाइनअन्नपूर्ण/साउन ३०, पोखरा

गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ हजार ६ सय ८१ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

शुक्रवार बिहान गरिएको अध्यावधिक विवरणमा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षण अनुसार तनहुँका २० र स्याङ्जाका १ गरी २१ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य निर्देशक, गण्डकी कोरोनानियन्त्रण तथा रोकथाम र्काक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार तनहुँको भानु नगरपालिका वडा नं १ का वर्ष २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८ र ३५ वर्षका १४ जना पुरुष तथा ५ वर्षिया वालिकासहित वर्ष ३१, २८, ३०, ५६ र ३७ का ६ महिला गरी २० जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, स्याङ्जाको पुतलीवजार नगरपालिका वडा नं १ का वर्ष ३९ का एक पुरुषमा पनि संक्रमण पोजेटिभ दखिएको छ । शुक्रवार बिहान थपिएका नयाँ २१ जनासंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १६ सय ८१ पुगेको हो ।

गण्डाकी प्रदेशमा अहिलेसम्म ३१ हजार ४९७ जनाको पीसीआर परिक्षण गरिएको छ । २९ हजार ८१६ जनाको परिक्षण नतिजा नेगेटिभ आएको छ भने १५ सय ४ जना निको भएर घर फर्किएका छन् ।

Facebook Comments