नयाँ २० थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या १,५०५ पुग्यो, निको हुनेहरु १,२४५

अनलाइनअन्नपूर्ण/पोखरा, साउन १८

गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ हजार ५०५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा नयाँ २० जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १ हजार ५०५ पुगेको हो ।

स्वास्थ्य निर्देशक, गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार तनहुँमा २, स्याङ्जामा ८, लमजुङमा ३, बाग्लुङमा १ र कास्कीमा ६ गरी २० जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

बिहान अध्यावधिक गरिएको विवरण अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका वर्ष ३६ का एक तथा आँबुखैरेनीका वर्ष ४२ का एक पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

स्याङ्जाको पुतली वजारका वर्ष ४४, २९ का दुई महिला, वर्ष २९ का एक पुरुष, वालिङका वर्ष २९, ३९, २५, ४०, ४७ का पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

लमजुङको सुन्दरवजारका वर्ष २९, ३० का दुई पुरुष, दोर्दीका वर्ष ४१ का एक पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै बाग्लुङका वर्ष २५ का एक पुरुष, कास्कीको पोखरा महानगरपालिका वर्ष ६२ का एक पुरुष, रुपा गाउँपालिकाका वर्ष ३१, २५, ३३ का पुरुष तथा वर्ष ३१, २३ का दुई महिलामा संक्रमण पोजेटिभ देखिएको छ ।

यसैबीच, गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेहरुको संख्या १ हजार २४५ पुगेको स्वास्थ्य निर्देशनालउले जानकारी दिएको छ ।

Facebook Comments