नयाँ १७ थपिए, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४४४

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ८

नेपालमा कोरोनाभाइरस संक्रमित पुष्टि भएकाहरुको संख्या ४४४ पुगेको छ । बिहिवार विहान गरिएको अध्यावधिक विवरण अनुसार कोभिड १९ का पुष्टि भएकाहरुको जम्मा संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परिक्षणमा कोभिड १९ का नयाँ पुष्टि भएको संख्या १७ रहेको छ ।

संक्रमितहरुमा झापा, कचनकवल गाउँपालिका वडा नं ३, ६ र ८ निवासी १८ वर्षका दुई जना, १९ वर्षका दुई जना, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका ११ जना पुरुष रहेका छन् ।

यस्तै धनकुटा निवासी ३४ वर्षिय पुरुष र सुनसरी, धरान उपमहानगरपालिका निवासी ५१ वर्षिया एक महिला रहेकि छन् ।

हालसम्म प्राप्त विवरण अनुसार उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने सबै स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

Facebook Comments