पराकम्प होईन, नयाँ भूकम्प वागलुङमा आज गयो, ४.५ म्याग्निच्यूटको

अअसंवाददाता/पोखरा कात्तिक १५-आज बिहान बाग्लुङमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो पराकम्प नभइ नयाँ भूकम्प हो र यस्ले बाग्लुङको बंगादोभान आसपासलाई केन्द्रविन्दु बनाएको हो ।

कात्तिक ५ गते उदयपुर केन्द्रविन्दु भएर ४.१, कात्तिक ११ गते मुगुमा ४.१, म्याग्निच्यूडको भूकम्प गएको केन्द्रको वेवसाईटमा लेखिएको छ ।

बेला–बेलामा साना भूकम्प जानु भनेको भूकम्पको सन्चयनमा रहेको शक्तिमा कमि आउनु भएको भूकम्वविदको भनाई छ ।

केन्द्रले आज वागलुङमा गएको भूकम्पको धक्काको असर गुल्मी, प्यूठान, रोल्पा र रुकुम, जाजरकोट, सल्यानसम्म महशुस गरिएको बताईएको छ । क्षेतीको विवरण भने केहिपनि आएको छैन ।

Facebook Comments