नदीपुर यूनाईटेड क्लवको खाना खुवाउने कार्यक्रम जारि, :“कसैलाई भोकै बस्नु नपरोस्”-अध्यक्ष आले(video)

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख १८

by-aarju

नदीपुर यूनाईटेड क्लवले कोरोनाभाइरसको कारण जोखिममा परेका नागरिकको लागि पोखराका विभिन्न वडाहरुमा निःशुल्क खाना खुवाउने कामलाई जारि राखेको छ ।

वैशाख १० देखि क्लवले दैनिक ५०० देखि १ हजार जनाको लागि कोपिलढुंगामा खाना पकाई प्याकिङ गरेर घर घरमा पुर्याउने कार्यलाई जारि राखेको क्लवका अध्यक्ष नविन आलेले जानकारी दिनुभएको छ । अन्य वडाहरुमा पनि समस्या देखिएकोले मानविय हिसाबले क्लवले वितरणको दायरालाई फराकिलो बनाएको बताउनु भयो । उहाँले भन्नुभयो :“हाम्रो एउटै उदेश्य हो, कसैलाई पनि भोकै बस्नु नपरोस् ।”

बिहानै ७ वजे खाना पकाउनका लागि क्लवका दर्जन जति सदस्यहरु हातमा ग्लोब र अनुहारमा मास्क लगाएर जम्मा हुन्छौं । कोहि तरकारी बनाउन लाग्छौं र कोहिले चामल पखाल्दै चूल्होमा बसाउने तयारी गर्छौं । खाना तयार भएपछि दुई तीन जनाको टोली गाडी बस्छम् र वितरणको लागि जान्छम्, अध्यक्ष आलेले बताउनु भयो ।

खाना खुवाउन अनुमति लिएका संस्थाहरुले वैशख १५ सम्मको अनुमति लिएकाले उनिहरुले रोकेका रहेछन्, त्यसपछिका दिनमा संख्या थपिएको आलेले बताउनु भयो । बिहिवार दीप, बगर, वडा नं ५, चाउथे, लामाचौर, लामागाउँ, अधेंरीकुना, रामवजार, पृथ्वीचोक लगायतका क्षेत्रमा चारवटा गाडीमा लिएर १ हजार जनालाई खाना वितरण गरिएको छ ।

बिहिवार बिहान कोपिलढुंगामा नेकपाका नगर सभापति भीम गुरुङ, कांग्रेसका दीलिप गिरी, राप्रपाका मोतीमान शाक्य, व्यवसायी रामप्रसाद श्रेष्ठ, वडा अध्यक्ष रविन्द्र बहादुर प्रजुले विपन्न परिवारका वालवालिकालाई खाना वितरण आरम्भ गर्नुभयो । युनाईटेड कलवले खानपानमा समस्या भएकाहरुको लागि आयोजना गरेको खाना वितरण कार्यको प्रशंसा गर्नुभयो ।

यसैबीच, पोखरा महानगरपालिका वडा नं ३ लाई पछिल्लो क्रममा आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष रविन्द्र बहादुर प्रजुले जानकारी दिनुभयो । नदीपुरस्थित सुरक्षा बचत तथा ऋण सहकारी संस्थाबाट १० हजार सहयोग भएको छ । यस्तै धर्मशिला वुद्ध विहार तथा युवा वौद्ध संघले कर्मशिला गुरुआमाको वार्षिक पून्य तिथीको अवसरमा ५० हजार ५५० सहयोग प्रदान गरेको उहाँले जानकारी दिनुभयो । उक्त रकम राहत व्यवस्थापनमा खर्च गरिने भएको छ ।

Facebook Comments