नागरिकता विधेयक भोट बैंकको रुपमा जोडियो, यो गलत :प्राध्यापक गिरी

आरजू/पोखरा, असोज १७

प्राध्यापक, वरिष्ठ अधिवक्ता हिमराज गिरीले नागरिकताको विषय हरेक देशको लागि महत्वपूर्ण कुरा भएकोले संसदमा अड्किएको नागरिकता विधेयक पास गर्नुअघि राषि्ट्रय स्वार्थलाई ख्याल गर्नुपर्ने बताउनु भएको छ ।

नागरिकता हरेक देशको राषि्ट्रयतासंग र संप्रभुतासंग जोडिएको विषय हो । दुई ठूला छिमेकीबिचको मुलुक नेपाल विकासतर्फ उन्मुख भईरहेको छ । राषि्ट्रयताको सवाल जटिल र पेचीलो बनेको छ, गिरीले भन्नुभयो :”राजनीतिक रुपमा भोट बैंकको रुपमा जोडिएकोले पार्टीहरुले दूरगामि प्रभाव पार्ने विषयलाई सहमतिको आधार नसुल्झ्याई आफ्नो फाईदाको लागि हेरेपछि जटिलता उत्पन्न भएको छ ।”

सचेतना समाज नेपाल, कास्कीले आज पोखरामा रेडियो अन्नपूर्णको सहकार्यमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा नागरिकता विधेयक र राषि्ट्रयता विषयक अन्र्तकि्रया कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक गिरीले संसदमा पेश भएको विधेयकमा जम्मै कुराहरु पहिलेकै रहेका छन् तर मुख्य कुरा विदेशबाट आएका महिलालाई आउने बिति्तकै नेपालको नागरिकता पाउने प्रावधान गमि्भर भएको बताउनु भयो ।

भारतमा नेपाली महिला विवाह गरेर गईन भने सात वर्षपछि निवेदन दिन पाउने व्यवस्था छ । तर नेपालमा संसदमा पेश भएको विधेयकमा विदेशी महिलाले विवाह गर्ने बिति्तकै पाउनु पर्छ भन्ने प्रावधान खोजिनुले मूल रुपमा मधेशमा बसेका मूल नेपालीलाई असर पुर्याउँछ भन्नुभयो ।

प्राध्यापक कल्याण पन्तले विधेयकमा विदेशी नागरिकसंग विवाह गरेकि नेपाली महिलाबाट जन्मेको सन्तानले वंशजको आधारमा नागरिकता दिने प्रावधान राखिएकोमा ठीक नभएको बताउनु भयो । पन्तले भन्नुभयो :”बेलैमा सेचेत हुनुपर्छ, भोटको आधारमा, राजनीतिक आधारमा ल्याईने मनसाय देखिएकोले संसदमा विधेयक अटि्करहेको छ ।”

सेचतना समाजका संस्थागत सदस्य लेखबहादुर थापाले नागरिकताको विषय नेपालमा जटिल बनाईएको बताउनु भयो । तर उहाँले नेपालमा दोहोरो नागकिताको प्रावधानलाई खारेज गरिदिने हो भने समस्या समाधान हुने विश्वाास व्यक्त गर्नुभयो ।

नेपाललाई सिकि्कमिकरण, फिजिकरणमा वा भुटानीकरणमा लैजाने ?

प्राध्यापक पद्मशरण रेग्मीले नागरिकता विधेयकमा ल्याईएको प्रावधानले नेपाललाई सिकि्कमिकरण, फिजिकरणमा वा भुटानीकरणमा लैजाने आशंका व्यक्त गर्नुभयो । राजनीतिक हतियार बनाएर मधेशमा दलहरु खोलिएका छन्, यस्तो लडाई २००७ सालबाटै हुँदै आएको छ । राषि्ट्रयतालाई जोगाउने हो भने गमि्भर बन्नुपर्छ र राषि्ट्रय स्वार्थलाई जोगाएर काम गर्नुपर्छ भन्नुभयो । कार्यक्रम अधिवक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा भएको थियो भने सहजिकरण वरिष्ठ अधिवक्ता तीलक पराजुलीले गर्नुभएको थियो ।

Facebook Comments