धर्मकाया बुद्ध मण्डलालाई ल्यापटप सहयोग

पोखरा, २९ मंसिर । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिलाई सफल व्यवसायी एवम समाजसेवी जगन गुरुङले ल्यापटप सहयोग गर्नुभएको छ।

पोखरा महानगरपालिका वडा नं.११ काँहुडाडामा विशाल बुद्ध भगवानको मुर्तिसहित धर्मकाया बुद्ध मण्डला निर्माणका लागि जुटेको समितिको कार्यालय व्यवस्थापनका लागि धम्पुस गाँउ भई पोखरा न्युरोडस्थित हिमालयन टे«डिङ हाउसका संचालक जगन गुरुङ र जमुना गुरुङले समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैना र कार्यवाहक सचिव पुर्ण लामालाई हस्तान्तरण गर्नुभएको हो । सफल व्यापारी गुरुङले ५० हजार पाँचसय रुपैया मुल्यको ल्यापटप सहयोग गर्नुभएको हो।

पोखरा क्षेत्रको समृद्धिको परियोजना धर्मकाया बुद्ध मण्डला निर्माणका लागि देश विदेशबाट सहयोगको क्रममा कार्यालयलाई अत्यावश्यक ल्यापटप सहयोग प्रदान गर्नुभएकोमा सहयोगदाता जगन गुरुङ र जमुना गुरुङ समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Facebook Comments