दोस्रो संस्करणको पोखरा प्रिमियर लिग सागपछि हुने

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० फ्रेन्चाईज क्रिकेट लिग १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि हुने भएको छ ।पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ मिति डिसेम्बर १४ देखि २८ तोकिएको छ ।

यसअघि पीपीएल कात्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने गरी मिति घोषणा भएको थियो ।मेरिलेबोन क्रिकेट क्लबको नेपाल भ्रमण र यु–१९ क्रिकेट टोलीको विदेश भ्रमण तथा सागले गर्दा मिति सार्नु परेको पीपीएलको आयोजकले जनाएको छ ।

पीपीएलका लागि अहिले क्रिकेट मैदान निर्माणको काम भइरहेको छ । साग आगामि मंसिर १५ देखि २४ सम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।अघिल्लो संस्करणको पीपीएलको उपाधि घरेलु टोली पोखरा पल्टनले उचालेको थियो । जसको नेतृत्व गरेका थिए, शरद भेषावकरले ।

Facebook Comments