दैनिक ज्यालादारीमा धानिएको देशकै ठुलो पृथ्वी नारायण क्याम्पसमा पठनपाठन पुर्ण रुपमा वन्द दुुई सय १८ ज्यालादारी प्राध्यापकहरुले सामुहिक राजिनामा दिदै

पोखरा, १२ माघ
मुलुककै सबैभन्दा ठूलो, त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट क्याम्पसको उपाधिप्राप्त र विश्वविद्यालय अनुदान आयोगबाट क्यु ए ए सर्टि्फिकेट प्राप्तपोखराको जेठो र देशकै सवै भन्दा ठुलो क्याम्पस पृथ्वीनारायण क्याम्पस स्नातक र स्नातकोत्तर तहका७० प्रतिसत कक्षा भारहरु श्रेणी विहिन (ज्यालादारी)प्राध्यापकहरुले पढाई रहेका छन् ।

क्याम्पको गुणस्तरमा सवै भन्दापहिलो अंशका रुपमा रहने प्राध्यापकहरु पार्टटाईमका रुपमा रहेका श्रेणी विहिन प्राध्यापकहरुले अध्यापन गराउदा क्याम्पसको अवस्थादयनिय वनेको छ । विगत १४ वर्ष देखि दैनिक ज्याला दारीका रुपमा अध्यापन गराईरहेका २ सय १८ जनाआशिकप्राध्यापकहरुले सामुहिक राजिनामादिने भन्दै आन्दोलनमाउत्रिएका छन् ।

आशिंकप्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसकाअध्यक्ष सुनिलगौतमले क्याम्पस प्रशासनले विगत १४ वर्ष देखि सामान्यतल्लो स्तरको श्रमको मुल्यपनिनदिई प्राध्यापन पेशामालगाएको जिकिर गरे । उनले भने–“हामीलाई सामान्य रुपमापिउनको जस्तो पनिव्यवहार यो क्याम्पसले गर्दैन, यस्तो अवस्थामा समानकामको समानज्याला नभए सम्महामी आन्दोलन फिर्ता लिने पक्षमा छैनौ ।”क्याम्पसमा कार्यरत ५ सय ४९ प्राध्यापकहरु मध्ये २ सय १८ जनाआशिंक रहेको पनिउनले जानकारी दिए ।

संघका सचिव खिमानन्द पौडेलका अनुसार क्याम्पसको कतिपय अवस्थामा त नियमि तकक्षा संचालन भैरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षा बन्दभएको सुचनाजारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक दिईंदैन । पाठ्यक्रमले प्रस्ट रुपमा १५० पिरियड अध्यापनहुने निर्धारण गरेको भएपनिमुस्किलले एक शैक्षिक सत्र मा १०० दिनको पारिश्रमिक मा आंशिकप्राध्यापकहरु पुरा शैक्षिक सत्र प्राध्यापन गर्न बाध्य छन् । उनले भने–“यस हिसाबले सोही बराबरको कामगर्ने पुर्णकालिनप्राध्यापक को करिब १० प्रतिशतपारिश्रमिकमा नै आशिंकप्राध्यापक हरु सेवारत छन।”

यसै क्रममाबिगत १४ बर्षदेखि बिबिध संघर्षका कार्यक्रमहरु मार्फत आफ्नामागहरु राख्दै आएका आंशिक प्राध्यापकहरुअहिले फेरि अन्तिमआन्दोलनको नाममाविगत एक महिनाभन्दावदी समयवाट आन्दोलन गरेका हुन् । उनिहरुले चरणवद्ध रुपमाआन्दोलनकाकार्यक्रम सार्वजनिक गरेपनि समस्या समाधानप्रतिप्रशासनले कुनै चासो नदिएको भन्दै समस्यानभए सम्मको लागिकक्षावहिस्कारको आन्दोलन सुरु गरेका छन् ।

आन्दोलनको कार्यक्रमअन्र्तगते गतमंसिर २९ गतेबाट बिरोधकाबिभिन्नकार्यक्रम हरु गरिरहेको छ। यसै क्रममाध्यानाकर्षण गराउने, सरोकारवाला हरुसंग को छलफल, सहायकक्याम्पस प्रमुख को कार्यकक्षमा तालाबन्दी हुदै क्याम्पस प्रमुख को कार्यकक्षमा तालाबन्दी र यहि माघ १३ गते सोमबारबाट अनिश्चितकालीन कक्षा बहिस्कार गर्ने र माग पुरा नभए सामुहिक राजिनामा दिने आशिंक प्राध्यापकसंघका अध्यक्ष गौतमले जानकारी दिए ।

आशिंक प्राध्यापकको आन्दोलनका वारेमा पृथ्वी नारायण क्याम्पसकाप्रमुखप्रा.डा.चन्द्र वहादुर थापाले आशिंकको समस्याविशेष भएको धारणा राखे । उनले भने–“यो समस्यावास्तवमै विकराल समस्याहो तर पनि समाधान म सँगै छैन त्रिवीले यो विषयमाकुनै चासो दिदैन ।” उनकाअनुसार स्नातकको कोर्ष दुुई वर्षेवाट चार वर्षे वन्यो अनि स्तानकोत्तरको कक्षा सेमेस्टरमागएर छ जसका कारण नियमित पठनपाठन गराईरहेका शिक्षकहरु भन्दाअझै वढी प्राध्यापकआवस्यक छ तर माथी वस्नेहरुले समस्यानवुुझेको पनिउनको भनाई थियो ।

यता विद्यार्थीहरुको हककालागि स्थापित अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यतथा क्याम्पसक कमिटीका अध्यक्ष राजनशर्माले आशिंक प्राध्यापकहरुको समस्या जटिल हो तर आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नहुने धारणा राखे । उनलेभने–“ कसैले न्यूनज्यालामा पढाउन सक्दिनभन्न पाउँछ तर विद्यार्थीको पढाईलाई रोक्न पाईदैन, यसको जवाफ प्रशासनले दिनुपर्छ ।” कि तत्काल समस्या समाधानगर्नु पर्छ नत्रअर्को व्यवस्था गरेर भएपनिकक्षा संचालनहुनु पर्ने पनिउनको भनाई रहेको छ । उनले भने–“पठनपाठन अवरोधवाट उत्पन्नहुने कुनै पनि समस्याको जवाफक्याम्पस प्रशासनले दिनु पर्छ ।”

Facebook Comments