देशमा काण्डको चाङ, सरकार मौन, समाजवादी चुनाव चिन्ह हात लिएर जनतासंग हात मिलाउँदै(video)

speech:netra chapagai

मंसिर ०१, पोखरा- समाजवादी कास्कीले आईतवार पोखरा १५ रामवजार कालिका चोकवाट उम्मेदवार धर्मराज गुरुङसहित केन्द्रिय नेताहरु गणेशमान गुरुङ, देवि सुवेदी, होम गुरुङ, टिकाराम पौडेल, धनप्रसाद तमाङ सहित नेता कार्यकर्ता, सुभचिन्तक, जनसहभागितासहित घर दैलो र कोणसभा सम्पन्न गरेको छ ।

कालिकाचोक, घलेचोक र ट्याक्सिचोकमा कोण सभा गरेको छ । कार्यक्रममा उमेदवार धर्मराजगुरुङ, विद्यार्थी नेता नेत्र चापागाई, रेशम सापकोटाले सम्बोधन गर्दै पूराना पार्टीले देशलाई दिईरहेको पीडाबाट मुक्त गर्न वैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी जनतामाझ आएको बताउनु भयो ।

देशमा काण्डै काण्डको चाङ लाग्ने तर सरकार मौन भएर जनतामा निरासा उत्पन्न गराउने गलत हर्कतलाई ठेगान लगाउन समाजवादी पार्टी चुनाव चिन्ह हात लिएर जनतामा सहयात्री हुने बाचासहित हात मिलाउन आएको बताउनु भयो ।

Facebook Comments