देशभरको मौसम सामान्य बदलि देखी मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना


पोखरा बैशाख २५ रासस
देशभरको मौसम सामान्य बदलि देखी मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु(भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।दिउँसोः देशको पश्चिमी भू(भागमा सामान्य बदलि र बाँकि भू(भागमा आंशिक बदली रहनेछ ।

देशको पश्चिमी भू(भागका केहि स्थानहरूमा र मध्यरपूर्वी भू(भागका एक(दुई स्थानमा मेघगर्जनर चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।यस्तै राती देशभर सामान्य बदली रहने छ। देशको मध्यरपूर्वी भू(भागका केहि स्थानहरूमा र पश्चिमी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको मौसम बिदले बताएका छन् ।

Facebook Comments