देशको पहाडी, पश्चिमी भागका स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना

बैशाख २५ गते-हाल देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको सुदुरपश्चिमीका भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २५ गते (बिहीबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदलि र बाँकि  भू-भागमा  आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू-भागका केहि स्थानहरूमा  र मध्य/पूर्वी भू-भागका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रहने छ। देशको मध्य/पूर्वी भू-भागका केहि स्थानहरूमा  र पश्चिमी भू-भागका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २६ गते (शुक्रबार)

दिउँसोः  देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य  बदली रहनेछ ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा  साथै तराईका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा सामान्य  बदली भई बाँकि भू-भागमा  आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख २७ गते (शनिबार)

दिउँसोः  देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य  बदली रहनेछ ।देशको पश्चिमी /मध्य   भू-भागका केहि स्थानहरूमा  साथै पूर्वी भू-भागका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा सामान्य  बदली भई बाँकि भू-भागमा  आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

देशको पहाडी साथै पश्चिमी भू-भागका केहि स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Facebook Comments