देउवाको आरोप जनमत विभाजन गर्ने कोशिस, ओलीको राष्ट्रवादी अडान र क्षमतामाथि प्रश्न गर्नु लज्जास्पद र खेदजनक :मन्त्री बास्कोटा(video)

by :aarjuसूचना, संचार तथा प्रविधि मन्त्री गोकुल वास्कोटा

आरजू विष्ट सल्यानी
पोखरा, मंसिर ०८

सूचना, संचार तथा प्रविधि मन्त्री गोकुल वास्कोटाले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपि शर्मा ओलीको सहमतिमा भारतले राजनीतिक नक्शा सार्वजनिक गरेको भन्ने आरोपप्रति खेद व्यक्त गर्नुभएको छ । मन्त्री बास्कोटाले भन्नुभयो :“नेपाली जनमतलाई विभाजित गर्ने कोशिस भएको छ, देउवाले त्यसो नबोल्नु पर्ने हो, प्रतिपक्षको हैसियत भनेको धैर्यता गुमाएर बोल्ने होईन, यदि त्यसो हो भने सबैभन्दा ठूलो क्षेती देउवा र उहाँको दल कांग्रेसलाई हुन्छ यो कुरा बुझे हुन्छ ।”

नेपाल पत्रकार महासंघ कास्कीले आईतवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बास्कोटाले देउवाजीले त्यस्तो आरोप लगाउनु भएको होला भन्ने पटक्कै विश्वास लाग्दैन, उहाँले भन्नुभयो :“यदि उहाँको आरोप सत्य हो भने यसअघि नेपाल र भारतबिचको सीमा सम्झौेता बारे उहाँले आत्मसर्मपण गरेर गर्नुभयो वा अरुको पेलाईमा पर्नुभयो ? त्यसको जवाफ उहाँले दिनुपर्छ ।”

टनकपुर सन्धि हामी कसैले बिर्सेका छैंनौ, जस्लाई सर्वोच्च अदालतले गलत भनेर सच्याईदिएको थियो, त्यो सन्धिमा देउवाको दृष्टिकोण के हो ? कस्को पालामा भएको हो ? बास्कोटाले भन्नुभयो ः “आरोप सत्यमा आधारीत लगाउनु पर्छ ।” आफु प्रधानमन्त्री हुँदा नेपाली जनताको मतको फैसलमाथि अरु कसैले प्रश्न उठाउँदा बोल्न नसक्ने देउवाजीले प्रधानमन्त्री केपि शर्मा ओलीको राष्ट्रवादी अडान र क्षमतामाथि प्रश्न उठाउनु लज्जास्पद भएको भन्दै बास्कोटाले खेद प्रकट गर्नुभयो । उहाँले भन्नुभयो :“म खेद प्रकट गर्न चाहन्छु ।”

सबैलाई थाहा छ, भारतले जारि गरेको नक्शाप्रति ईतिहासमै पहिलो पटक प्रधानमन्त्री ओलीले मलाई स्वीकार छैन भनेर बोल्नुभएको छ, यसअघि कांग्रेसका नेता वा कसैले बोलेका थिए ? मन्त्री बास्कोटाले भन्नुभयो :“तर देउवाले संविधान जारि भएपछि भारत भ्रमणमा जाँदा भारतीय नेतृत्वसंग बसेर सार्वजनिक समारोहमा “म संविधान तिमीले भने बमोजिम केके गर्छु भनेको, बकबकाएको तथ्य नै सार्वजनिक भयो, भिडियोलाई हेरे हुन्छ, यो आरोप होईन ।”

हामी प्रष्ट छौं सीमा विवादका बारेमा, एक ईन्छ जमिन पनि कसैको हुन दिन्नौं ।” हाम्रो पूर्खाले हिजो जोगाई राखेको जमिनमाथिको अतिक्रमण हाम्रा लागि स्वीकार्य छैन । मंसिर १४ गते चुनाव छ, आरोप किन लगाएको हो, मैले बुझेको छु, बास्कोटाले भन्नुभयो :“सर्वदलिय वैठकमा उहाँको कुनै विमती थिएन । यसलाई चुनावको मसला बनाउनु एकदमै झुर र गैह्रजिम्मेवार कुरा हो ।”

राष्ट्रले ऐतिहासिक सहमति प्राप्त गरेको सर्वदलिय वालुवाटार वैठकमा कसैको विमती थिएन । एक मतको स्वीकारोक्ति थियो । यस्का विषयमा एउटा कुटनितिक र अर्को राजनीतिक निकासको प्रयास खोज्नुपर्छ भन्ने सबैको मत थियो । बास्कोटाले भन्नुभयो :“यदि आरोप नै लगाउने हो भने कोशी, गण्डकी सम्झौता गर्दाको एक मुष्ट जवाफ श्री शेर बहादुर देउवा र उहाँको दल कांग्रेसले दिनुपर्छ ।”

नेपालको तर्फबाट हिम्मत गरेर तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले १९५० को सन्धि लगायतका मुद्धामा पुर्नविचार गरौं भनेर प्रस्ताव राख्नुभएको थियो । के कांग्रेसका कुनै नेताले त्यो कुरा गर्ने आँट गर्नुभयो ? यो राष्ट्रभक्तिको कुरा हो, यस्मा जनताको रगतको हिसाब हुन्छ । मन्त्री बास्कोटाले भन्नुभयो :“हामी अधिकार स्थापित गरेर छोड्छौं, यो सरकार त्यति कमजोर छैन जस्ले प्रश्न उठाउने हैसियत गुमाउनु परोस् ।”

राम्रो कामलाई राम्रो पनि लेखौं, उल्टो सुल्टो पो हुन्छ ।

पार्टी सरकारमा पुग्यो भने, “चवत्तरे र बहत्तरे, केपि ओली र माधव नेपाल” यस्तै यस्तै चलिरहेको बेलामा पहिलो पटक नेपालमा विकासको मुद्धा सबैको साझा मुद्धा बनेको मन्त्री बास्कोटाले बताउनु भयो । तर खुसि लागेको छ, यो मुद्धा सरकारको, प्रतिपक्षको र जनताको साझा मुद्धा भएको छ ।

प्रतिपक्षले विकास भएन भनिरहेको हुन्छ, यस्का लागि त प्रतिपक्षलाई धन्यवाद दिनुपर्छ, उहाँले भन्नुभयो :“हामीलाई त ठीक भएको छ, विकासको मुद्धालाई जिवित राखिरहनु पर्छ किनभने विकासे मुद्धाको मृत्युले देशको प्रगति हुँदैन, यो त ठीक हो, हामीलाई सच्चिएर काम गर्न सजिलो हुन्छ ।”

हामीकहाँ उल्टो सुल्टो गरिदिने, लेखिदिने र भनिदिने गरेको पाईन्छ,, केके आउने हो, मन्त्री बास्कोटाले भन्नुभयो :“अब पोखराको कुरापनि तपाँईहरुले केके उल्टो सुल्टो लेख्ने वजाउने हो काडमाडौंमा गएर हेरेपछि थाहा होला ।” मन्त्री बास्कोटाको आशय थियो कि सरकारका राम्रा कामलाई राम्रो र नराम्रो गरेको छ भने त्यसका बारेमा पनि खरदारी गर्नुपर्छ ।”

महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

by :aarjuसूचना, संचार तथा प्रविधि मन्त्री गोकुल वास्कोटा
by :aarjuसूचना, संचार तथा प्रविधि मन्त्री गोकुल वास्कोटा
Facebook Comments