दुरा सेवा समाज कास्कीको नवनिर्मित कार्यालय भवन सांसद गायत्री दुराबाट उद्घाटन

आरजू विष्ट सल्यानी/पोखरा, पुस १२-दुरा सेवा समाज कास्कीको नवनिर्मित कार्यालय भवनको आज एक समारोहबिच उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं १५ स्थित गरिमा टोलमा निर्माण गरिएको भवनको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद गायत्री दुराले भित्तामा राखिएको ताम्रपत्रको पर्दा उघारेर तथा दीयो बालेर उद्घाटन गर्नुएको हो ।

त्यस अवसरमा सांसद दुराले दुरा समाजका सदस्यहरु, समाजका संस्थापक तथा वर्तमान अध्यक्ष लालजंग दुराको सक्रियता, दृश्टिकोण, मेहनत र सामाजिक उत्तरदायित्वको सोंचले समाजको आफ्नै भवन निर्माण सम्पन्न गरेकोमा वधाई दिनुभयो ।

भवन निर्माण समितिका संयोजक तथा दुरा सेवा समाज कास्कीका अध्यक्ष लालजंग दुराले समाजको भवन बनाउने कुरा चानचुने नभए पनि आँट, भरोसा र नवीन दृश्टिकोणको कारण आफ्नो कार्यकालको ७र८ महिनामै भवन तयार गर्न सकिएको बताउनु भयो । उहाँले देश विदेशमा रहेका दुरा समुदायका दाजुभाइ, दिदिबहिनीबाट १ करोड १२ लाख संकलन भएको र विभिन्न क्षेत्रबाट १४ लाखको सामग्री सौजन्य प्राप्त भएको बताउनु भयो ।

हेल्मो समाजको तर्फबाट प्रतिनिधि पूर्ण हेल्मोले शहरी विकास र वसाई सराईको कारण हाम्रा संस्कार, संस्कृति, भाषा र पहिचान लोप हुने स्थितिमा पुग्न नदिन सचेत हुनुपर्ने बताउनु भयो । उहाँले संविधानले जनजातीका बारेमा बोलेको भएपनि अझैं सबै सरहको संवोधन नभएको बताउनु भयो ।

समाजसेवी कर्णेल जेपि क्रसले कोख अर्कै भएपनि नेपाल, नेपाली र भूतपूर्व सैनिकका अधिकारका बारेमा सुझाउन थालेको धेरै वर्ष भईसकेको बताउनु भयो । उहाँले भन्नुभयो स्ूहामी नेपाली राम्रो छौं र ईमान्दार भएर काम गरिरहेका छौं, यस्मा म धेरै खुसि छु ।

वरिष्ठ लोक गायिका विमा कुमारी दुराले लमजुङे ठाडो भाकाका अगुवा देउ बहादुर दुराले सात दिन, सात रात गाउने गरेको ठाडो भाकालाई भेडिखर्के साहिलाले निरन्तरतादिनुभएको स्मरण गर्दै देउ बहादुर दुराको सालिक निर्माणको प्रस्ताव राख्नुभयो । सोहि अवशरमा उहाँले लमजुङ दुर्लुङकोट लगायतका केही लोक गीत गाउनु भएको थियो ।

वडा नं १५ का जनप्रतिनिधि प्रकाश पौडेल, लमजुङ समाज कास्की अध्यक्ष बुद्धि बहादुर गुरुङ, नेपाल सकारका सहसचिव सुरज कुमार दुरा, शुसिला दुरा, डम्वरध्वज दुरा लगायतले दुरा सेवा समाज कास्कीको आफ्नै कार्यालय भवन निर्माण गरेर उदाहरणीय कार्य गरेको बताउनु भयो ।

कार्यक्रममा भवन निर्माणका तथा समाजका लागि महत्वपूर्ण योगदनन दिएको भन्दै अध्यक्ष लालजंग लुरा र विदेशमा रहेर समाजको लागि सहयोग पुर्याउनु भएका ओमराज दुरालाई प्रमुख अतिथि सांसद गायत्री दुराले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिलाई उपाध्यक्ष गोविन्द दुराले स्वागत गर्नुभएको थियो भने अध्यक्षता अध्यक्ष लालजंग दुराले गर्नुभएको थियो ।

Facebook Comments