दिल्लीमा आगलागी हुँदा ४३ को मृत्यु, कयौं घाइते

काठमाडौं मंसिर २२ । भारतको नयाँ दिल्लीस्थित आनाज मन्डी क्षेत्रको रानी झाँसी रोडमा आगलागी हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको छ। कयौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।आज बिहान साढे ५ बजे आगलागी सुरू भएको जनाएको छ। जसमा ४३ जनाको उद्धार गर्दागर्दै जलेर मृत्यु भएको जनाएको छ।

त्यस्तै, आगलागीमा घाइते भएका ५० जनाको उद्धार गरिएको छ। उनीहरूलाई अस्पताल भर्ना गरिएको दिल्ली प्रहरीले जनाएको छ।दिल्ली प्रहरीका अनुसार, उद्योगमा आगलागी भएको हो। त्यहाँ स्कुले झोला, बोतल र अन्य सामान रहेका थिए।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले यसलाई दुःखदायी घटना भनेका छन्। उनले अझै पनि उद्धारको कार्य जारी रहेको जनाएका छन्।

Facebook Comments