दशौं पोखरा महोत्सवको तयारी पूरा

सविन रेग्मी पोखरा २६ पुस । युनाइटेड क्लवको आयोजनामा हुने दशौं पोखरा महोत्वसको तयारी पूरा भएको छ । क्लवले शनिवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष लालकाजी गुरुङ्गले मंगलबारदेखि पोखराको अमरसिंहचौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । महोत्सव माघ १२ गते सम्म सञ्चालन हुने छ ।

महोत्सवको आम्दानीबाट क्लवले गरिव तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाका लागि विभिन्न विद्यालयहरुमा छात्रवृत्ति, ग्रामिण क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थय शिविर सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै क्लवले पोखराको पर्यटन क्षेत्रलाई मध्यनजर गर्दै लेखनाथको पचभैयामा चिडियाघर निर्माण गरि सकेको छ ।

युवाको जाँगर राष्ट्र निमार्णको आधार भन्ने नारासहित सञ्चालन हुने महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्रि, हस्तकला सामनहरुको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, व्यावसायिक संघ संस्थाको बारेमा जानकारी दिइने छ । महोत्सवबाट १ करोड ४० लाख आम्दानी हुने, १ करोड ५० हजार खर्च हुने र ३९ लाख ५० हजार बचत हुने आयोजकको अनुमान छ । महोत्सवमा २ सय ५६ स्टल रहने छन् भने महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने प्रचारप्रसार उपसमिति संयोजक शान्तवहादुर थापाले बताए ।

महोत्सवको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ भने पर्वद्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ । विशेष सहयोगीको रुपमा पोखरा महानगरपालिका, सहयोगी संस्थाको रुपमा अमरसिंह मावि, जिल्ला समन्वय समिति कास्की रहेका छन् । अफिसियल वैंकको रुपमा ग्रिन डेभलपमेन्ट वैंक, अफिसियल इन्स्योरेन्सको रुपमा सिद्धार्थ इन्स्योरेन्स, अफिसियल इन्टरनेटमा वल्र्डलिङ र लेकसिटी पानी अफिसियल पानीको रुपमा रहेको छ ।

त्यस्तै प्रायोजकहरुमा लुम्विनी विकाश वैंक, योकोहामा जापनीज ल्याङ्गवेज एण्ड ट्र«ेनिङ्ग कन्सलटेन्सी, स्काई लिङ्क टेक्नोलोजी, अन्नपूर्ण प्याराग्लाईडिङ्ग, न्यु प्यारा वल्र्ड प्याराग्लाईडिङ्ग, आईएमई पे सिद्धिमनी एक्सप्रेस, अन्ना एण्ड सोफिया कन्सट्रक्सन प्रालि, रिलाएवल लाईफ इन्स्योरेन्स प्रालि रहेका छन् ।

महोत्सवको मिडिया पार्र्टनरमा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज रहेको छ । महोत्सवमा राष्ट्रिय स्तरका कलाकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्याण्डहरुको समेत प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।


Facebook Comments