दशैं टीकाको शुभसाईत असोज २१ गते बिहान १०.३५ मा

आरजू/पोखरा, असोज १९-यस वर्षको वडादशैंको टीकाको शुभसाईत असोज २१ गते बिहान १०.३५ रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले असोज २१ गते बिहान १०ः३५ बजेको समयलाई दसैंको शुभसाइत भएको निर्णय गरेको हो ।

खासगरी दशैंमा टीकाको साइत हेरेर टीका लगाउन खोजको खण्डमा टीका लगाउनका लागि १०.३५ को समय उत्तम रहेको नेपाल पंचाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

उसो त विजया दशमीको दिनभरी नै टीका र घटस्थापनामा राखिएको पहेंलो जमरा लगाउन सकिन्छ । टीका अघि भने देवी विसर्जनको साइत बिहान ८ बजेर ४५ मिनेटमा रहेको छ ।

बडा दशैंको टीकाको दिन टिका लगाउन टाढा टाढाबाट घर, माईत, आफन्तकोमा पुग्न असमर्थ हुने अवस्थामा रहेकाहरुले कोजाग्रत प्रर्णिमासम्म टीका लगाउन जाने प्रचलन रहेको छ । यो प्रचलन विशेष मध्य तथा उच्च पहाडि क्षेत्रमा अझैं पनि कायम रहेको छ ।

Facebook Comments