दशैंको अवसरमा बैंक तथा विक्तिय संस्थाहरुले यसपाली सुकिला नोट वितरण गर्दै


डि.एन.बी. पोखरा ६, कार्तिक
कोरोना भाइरस (कोभिड—१९) को कारण यसपाली दशैं पर्वमा सुकिला नोटको प्रयोग हुने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण नगरे पछि आम नेपालीहरुले यसपालीको दशैंमा सुकीला नोटको प्रयोग गर्ने भएको राष्ट्र बैंकले जनाएको छ । देशका धेरै ठाउँमा कोरोना शंक्रमण दर बढ्दै गएकाले राष्ट्र बैंकले यस बर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नगरे पछि सुकिला नोट भने विभिन्न बैंक तथा विक्तिय संघ संस्थाहरु मार्फत ग्राहकहरुको माग अनुसार वितरण गर्न आव्हान गरिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वर भट्टराईले बताए ।यसपाली नयाँ नोट सटही नगरे पनि एक÷ दुई पटक बजारमा आएका नोटलाई पुनः संकलन गरिएको र चलन चल्तीमा प्रयोग गर्न मिल्ने प्रकारका सुकीला नोटलाई प्रयोग गर्न आफुहरुले आव्हान गरिएको निर्देशक भट्टराईले जनाए।

दशैंमा नयाँ नोटको प्रयोग गर्नु परम्परागत संस्कार जस्तै भएकाले यसलाई विस्तारै परिवर्तन गर्नु पर्ने उनको राय छ । निर्देशक भट्टराईले भने ” राष्ट्र बैंकले केही बैंक तथा विक्तिय संस्थाहरुसंग सानो नोट केही समय अघि देखि नलिएकोले हाल आफ्ना ग्राहकहरुलाई सटिङ गरी सुकिला नोट माग अनुसार वितरण गर्न हामीले आव्हान गरेका छौं, आवश्यक परेको सुकिला नोट राष्ट्र बैंकले दिन पनि तयार छ । ”फुलपातीसम्म अधिकांश बैंक तथा विक्तिय संस्थाहरु संचालन हुने त्यस पश्चात दशैं टिकाको तेश्रो दिन द्धवादशीबाट खुल्ने भएको उनले जनाए । यस बर्षको दशैं पर्वलाई लक्षित हुने गरी केहीनयाँ नोट ल्याउने तयारी स्वरुप विरगन्जमा ल्याए पनि कोरोनाको कारण हाल नयाँ नोट वितरण नगर्ने भएकोले हाल उक्त नोट विरगन्जमै थन्केको निर्देशक भट्टराईले बताए । ५ सय र एक हजारको भने नयाँ नोट आवश्यक मात्रमा राष्ट्र बैंकमा रहेको उनले जनाए राष्ट्र बैंकले दशैंको अवसरमा नयाँ नोटको प्रयोगलाई बिस्तारै घटाउदै लैजाने रणनितीक योजनामा कोरोनाले साथ दिएसंगै यसपाली देखि सुकिला नोटकै प्रयोग हुने भएको हो ।

पोखरा क्षेत्रका बैंक तथा विक्तिय संघ संस्थाहरुले आफ्ना ग्राहकहरुको माग अनुसार हाल सुकिला नोट वितरण गर्न थालेका छन्। एन.आई.सि. एसिया बैंकले आफ्ना विभिन्न शाखाबाट ग्राहकको माग अनुसार हालसम्म सुकिला नोट वितरण गरिएको एन.आई.सि.एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताए । राष्ट्र बैंकले केही समय अघि कोरोनाले गर्दा नयाँ नोट सटही नगर्ने सूचना जारी गरेको र विभिन्न संचार माध्यममा यसको प्रभावले गर्दा आम उपभोक्ताहरुले यस पटक खासै नयाँ नोट नखोजेको र सुकिला नोटको पनि खासै माग नभएको उनले बताए । गण्डकी प्रदेशमा हाल ३१ वटा शाखाहरुबाट सुकिला नोट आफ्ना ग्राहकहरुको माग अनुसार वितरण गर्दै गरेको प्रमुख शर्माले जनाए ।

त्यसै गरी एन.एम.बी. बैंकले पनि आफ्ना ग्राहकहरुको माग अनुसार विभिन्न शाखा मार्फत सटीङका स्टक रहेको सुकिला नोट वितरण गरिएको एन.एम.बी. बैंक पोखरा चिप्लेढुंगा शाखाका म्यानेजर सुदिप पौडेलले बताए । यस अघिका दशैंको अवसरमा नयाँ नोट सटहीको लागि घण्टौं लाइनमा बसेर पनि आम जनताले नयाँ नोट लिने गरेका थिए । यसपाली कोरोनाले गर्दा खासै नयाँ नोटको खोजिमा आम उपभोक्ताको समेत खासै चासो नगएको बैंकर्सहरु बताउछन्।

Facebook Comments