दर्शकले “मेरो महोत्सव हो” भन्ने अनुभूति पोखरा महोत्सवले दिलाउँछ : बख्रेल(video)

by:aarju

आरजू विष्ट सल्यानी/पोखरा पुस २३

पोखरा महोत्सवमा गएपछि दर्शकले “मेरो महोत्सव हो” भन्ने अनुभूति दिलाउनु नै पोखरा महोत्सवको राम्रो पक्ष हो । “युवाको जाँगर, राष्ट्र निर्माणको आधार” शिक्षा स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवर्धनको मूल नारासहित यूनाईटेड क्लव पोखराले १० औं संस्करणको पोखरा महोत्सवलाई झन् नयाँपन दिएर आयोजना गर्न लागेको क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताउनु भएको छ ।

एक दशक अगाडी हामीले विशुद्ध सामाजिक सेवाका लागि भनेर एकजुट भएका थियौं, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, कला संस्कृतिको उजागर गर्न र पोखरामा चीडियाखानाको स्थापनाको कुरा गर्दा कतिले उरन्ठेउला केटाहरु भन्न पनि भ्याए, बख्रेलले भन्नुभयो :“हामीलाई विश्वास थियो कि पोखरामा ठाउँ पनि छ र चीडियाखानाको संभावना पनि छ भनेर लाग्यौं, अहिले सरकारले अपनत्व लिएको छ, चार करोड वजेट पनि छुट्याएको छ ।”

चीडियाखाना निर्माण समितिका अध्यक्ष समेत रहनु भएका बख्रेलले यस क्षेत्रको कला संस्कृतिलाई अगाडी ल्याउन जोड दिएको बताउँदै हरेक वर्ष कुनै न कुनै नयाँपन दिदैं आएकोमा यो पालि पनि नयाँपन दिनेमा ढुक्क हुन आग्रह गर्नुभयो । यो पटक दार्जिलिङबाट मन्त्र व्याण्ड र कलकत्ताबाट अर्को मुखर्जि व्याण्ड,अमेरीरिकाबाट राजु लामा आउन लागेको जानकारी दिनुभयो ।

वुधवार रेडियो अन्नपूर्णसंग कुराकानि गर्दै बख्रेलले २०७६ पुस २९ गतेदेखि माघ १२ सम्म अमरसिंह उ.मा.वि को विशाल खेल मैदान अमरसिंहमा आयोजना गर्न लागेको महोत्सवमा पहिलो प्रहरमा विभिन्न समुदायका कला संस्कृति प्रदर्शन, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, दिउँसो लोक दोहोरी र बेलुका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्याण्डसहित लाईभव्याण्ड कन्सर्ट हुने बताउनु भयो ।

महोत्सव आउन केहि दिन बाँकि छन् तर दुई महिना अगाडीदेखि नै सबै स्टलहरु बुक भईसकेका छन्, पहिले हामीले माग्दै, भन्दै जानुपथ्र्यो, अहिले पहिले नै प्रयोजक, सहयोगदाता र स्टल राख्नका लागि बुक गरेर राखेको परिपाटीले हाम्रो शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सेतखिोंच संरक्षण्, उज्यालो पोखरा, बिपद् व्यवस्थापनमा सहयोग, १८ वटा विद्यालयमा छात्रवृत्ति प्रदान गरिरहेको कुरालाई सबैले बुझ्नु भएको छ । चीडियाखानाको मुख्य पहलको कुरा त छदैंछ, बख्रेलले भन्नुभयो :“हाम्रा उदेश्यप्रति जनताको चासो र मोह भएको कारणले नै हामीले सफलता पाउन सकेका छौं ।”

विद्याथीको पढाईमा सहयोग होस् भनेर पढाई, सिकाईका बारेमा विद्यार्थी, शिक्षक र अविभावक बसेर हेर्नको लागि शैक्षिक भिडियो देखाईने बख्रेलले बताउनु भयो । महोत्सव अवधिभरी स्वास्थ्य शिविर राखिएकोले निःशुल्क जाँचमा सभागि भईदिन उहाँले आग्रह गर्नुभएको छ ।

Facebook Comments